• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`श्रमजीवी र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल´




नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीका कारण श्रमजीवी जनता र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल हुँदै गएको छ। गाउँपालिकाको अध्यक्षमा जित्नका लागि रु १० करोड बराबरको खर्च भएको विवरण सार्वजनिक भएको सन्दर्भ जोड्दै उनले सङ्घीय निर्वाचन जित्नका लागि अर्ब बराबरको खर्च हुने अवस्था देखिएको उनको भनाइ छ ।

 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली र शासकीय प्रणालीका कारण भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई परिवर्तन गर्न जरुरी रहेको बताए । संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेको भए पनि त्यसविरुद्ध केही तत्वले जेहाद छेडेको र सङ्घीयता विरुद्ध उभिने धृष्टता गरेको देखिएको उनले बताए । धेरै पैसा खर्च सकेन भने वा अनेकन तिकडम नगरे निर्वाचन जित्न नसक्ने अवस्था सिर्जना भएको अध्यक्ष दाहालको भनाइ छ ।

उनले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । उनले गठबन्धनभित्र पनि साझा मत बनाएर सहकार्य गर्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले जनतासँग जोडिएर विगतमा गरिएका राम्रा काम र वर्तमान सरकारमा रहेर गरेका जनपक्षीय कामबारे जानकारी गराउन पार्टीका सबै नेता तथा कार्यकर्ता प्रतिबद्ध भएर लाग्न अध्यक्ष दाहालले निर्देशन दिए ।

शिक्षा, स्वास्थ्य रोजगारी, विद्युतीकरणका सन्दर्भमा गरिएका प्रयास माओवादीकै योजनामा अगाडि बढेको जानकारी दिँदै उनले त्यसका बारेमा जनतालाई जानकारी गराउन आग्रह गरे । विचार, आर्दश र योजनाका साथ आगामी सङ्घर्षमा जीत हासिल गर्नुपर्ने उनको भनाइ छ । विचार क्रान्तिकारी भएर मात्रै नहुने स्पष्ट पार्दै उनले सोही आधारमा सङ्गठन र जीवन व्यवहारमा परिवर्तन गर्नुपर्ने बताए । अध्यक्ष दाहालले प्राप्त भएको परिवर्तनको रक्षा गर्दै थप उपलब्धीका लागि अगाडि बढ्न सक्छाँै वा सक्दैनौँ भन्ने विषय नै आजको प्रमुख आवश्यकता रहेको धारणा राखे । कम्युनिष्ट आन्दोलन र आफ्नै पार्टीभित्र पनि विभिन्न खालका विचलन देखा परेको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध निरन्तर लड्नुपर्नेमा अध्यक्ष प्रचण्डलेजोड दिए ।

विगतमा क्रान्तिकारी बन्ने प्रतिस्पर्धा हुने गरेको तथ्य पेश गर्दै उनले यतिबेला चरम व्यक्तिवाद हावी हुन थालेको र त्यसविरुद्ध निरन्तर सङ्घर्ष गर्नुपर्ने बताए । सरलता, पारदर्शिता र निष्ठाको हिसाबले कर्माचार्य जीवन पर्यन्त क्रान्ति र पार्टीप्रति निष्ठाबान रहेको उनले स्मरण गरे । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले विचार, सिद्धान्त र दृष्टिकोणका आधारमा संस्थापक नेता कर्माचार्यले अबलम्बन गरेको आदर्शलाई पछ्याउनुपर्ने बताए । रासस

 

Facebook Comments