• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तीन बर्षीया बालिका बलात्कारको आरोपमा किशोर पक्राउ




दाङको बबई गाउँपालिकाबाट करणी गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । बबई ५ की एक तीन बर्षीय बालिकालाई करणी गरेको आरोपमा एक १३ बर्षीया बालकलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

आरोपित बालकले तीन बर्षीय बालिकालाई करणी गरी भीरबाट खसाएको तथा कानमा लगाएको सुन समेत लुटेको प्रहरीले आरोप लगाएको छ । बालिकाको हाल बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना पश्चात फरार रहेका ती बालकलाई ईलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेको प्रहरी टोलीले शनिबार बेलुका पक्राउ गरेको थियो । बालिकाका अभिभावकले सुचना गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले कानूनी कारबाही अघि बढाएको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

Facebook Comments