• ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा ३ बर्षीया बालिका बालात्कृत




दाङ ८ साउन । अर्घाखाँची घर भएर दाङस्थित मामा घर आएकी साढे ३ वर्षीया बालिका बालात्कृत भएकी छन्।

जिल्लाको बबई गाउँपालिका-४ खयरभट्टीस्थित मामाघर आएकी ती बालिकालाई स्थानीय १४ वर्षीया किशोरले शनिबार दिउँसो बालात्कार गरेका थिए। पीडित बालिकाको नेपालगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।

बलात्कारपछि किशोरले पीडित बालिकालाई मकैबारीको डिलबाट करिब ४५ मिटर तल धकेलिदिएका थिए। बालिकाको टाउकोमा चोटसमेत लागेको छ।

घटना शनिबार दिउँसो २ बजेतिर भएको आफन्तले बताए पनि प्रहरीलाई भने बेलुका ८ बजे मात्रै सूचना आएको डिएसपी अर्यालले बताए। पीडित बालिकाको स्वास्थ्य चेकजाँच र प्रारम्भीक उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको हो। डिएसपी अर्यालका अनुसार पीडित बालिकाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ।

‘बलात्कार पछि बालिकाले कानमा लगाएको सुनका गहना पनि ती किशोरले लगेको देखिएको छ,’ डिएसपी अर्यालले भने, ‘त्यसपछि हत्या गर्ने उदेश्यले बालिकालाई मकैबारीको डिलबाट हुत्याइदिएको हुनसक्छ।’ बलात्कारमा संलग्न भनिएका ती बालक दिउँसो ती बालिकाको मामाघर आँप खान भनेर गएका थिए।

‘ती किशोर आँप टिप्न रूख चढेपछि बालिकाकी आमा र घरका अन्य सदस्य भित्र गएको मौका पारेर बालिकालाई प्रलोभनमा पारी मकैबारी पुर्‍याई बलात्कार गरेको देखिन्छ,’ डिएसपी अर्यालले भने, ‘बलात्कारमा संलग्न किशोर प्रहरी नियन्त्रणमा छन् र उनको बिगतको छवि पनि राम्रो देखिदैन।’

बराल्लिएर हिँड्ने उनी विगतमा चोरी गरेको अभियोगमा पक्राउ परेको प्रहरी रेकर्डबाट खुलेको डिएसपी अर्यालले बताए। पीडित बालिकाको तर्फबाट मामलका हजुरबुवाले किटानी जाहेरी दिएका छन्। बुबा छोरीको उपचारका लागि नेपालगञ्ज भएकाले हजुर बुबाले इप्रका तुलसीपुरमा आएर जाहेरी दर्ता गराएको डिएसपी अर्यालले जानकारी दिए।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments