• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा अरिङगालकाे टाेकाइबाट एक जनाको मृत्यु




सल्यान, ८ साउन । सल्यानमा अरिङगालकाे टाेकाइबाट एक युवाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका -१ दारिमचौरका २६ वर्षिय कृष्ण थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार दिउँसो करिब साढे ३ बजेतिर आँप खानकाे लागि आँपकाे रुखमा चढेका थापालाई अरिङगालले शरिरका विभिन्न ठाउँमा टाेकि घाइते बनाएपछि उपचारकाे लागि कर्णाली अस्पताल श्रीनगरमा लिएको र त्यहाँ उपचार सम्भव नभए पछि नेपालगन्ज लैजाने क्रममा सल्यानकै कपुरकाेट गाउँपालिका -५ अरिङगाले फेदिमा पुगेकाे बेला बेलुका करिब ७ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

त्यसपछि त्यहाबाट थापाको शव फर्काएर पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लिएको  प्रहरी नायव उपरीक्षक खड्काले बताए।

 

Facebook Comments