• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल नेपाल क्रान्तिकारी महासंघ तुलसीपुरको अध्यक्षमा प्रकाश




गमानसिङ घर्तीमगर
दाङ, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को भातृसंगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ तुलसिपुर उप – महानगरपालिकाको शनिबार नगर भेला सम्पन्न भएको छ । तुलसिपुरमा सम्मपन्न भएको भेलाले प्रकाशको अध्यक्षतामा १५ सदस्यीय नगरसमिति चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलकले कार्यक्रममा बोल्दै बिप्लव समुहका केही ब्यक्तिहरुले दलाल मिटर ब्याजीहरुको प्रोत्साहनमा हाम्रो पार्टीका नेताहरु माथि झुटो प्रचार गर्ने गरेको बताउदै त्यसमा उनी आत्मरथी योजना मात्र हरेको बताए । कुतर्क सहित राजनैतिक एजेन्डा भन्दा बाहिरबाट योजना बद्द तरिकाले ब्यक्तिगत चरित्र हत्या गर्न लागि परेको बताए ।

कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलकको रहेको थियो भने अतिथीहरुमा तुलसीपुर कमान इन्चार्ज सजक,घोराही कमान इन्चार्ज हिमाल, राष्ट्रिय जनस्वयम सेवक जिल्ला संयोजक अजय, अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ जिल्ला संयोजक प्रेम लगाएतको आतिथ्यता रहेको थियो ।

भेलाको सभाअध्यक्षता प्रकाशले गरेका थिए भने संन्चालन टोप बहादुरले गरेका थिए ।

Facebook Comments