• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थबाङमा सहिद स्मृति पार्क सरसफाइ




थबाङ, ७ साउन । थबाङ गाउँपालिका अध्यक्ष ऋशिकेसब बुढा मगर ( सबिन) को नेतृत्वमा थबाङ गाउँपालिका १ झकेबाङमा रहेको सहिद स्मृति पार्कमा सरसफाइ गरिएको छ ।

सहिद स्मृति पार्क भित्ररहेका सालिक लगायत भौतिक संरचना, फुल , बोटविरुवाहरुलाई गाँसे जङ्गलले छोपिएपछी गाउँपालिकाले सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

थबाङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर वली लगायत विभिन्न शाखामा कार्यरत कर्मचारी , क्रमश वडा नं १,२,४ र ५ का वडा अध्यक्ष, कार्यपालिका सदस्य , ईलाका प्रहरी कार्यलय थबाङका इन्चार्ज प्रहरी निरीक्षक राजेश बस्नेत लगायतको टिम, वीर बलभद्र नमुना माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष अजय घर्ती मगर , ग्लोबल बैंक थबाङका शाखा प्रबन्धक बिष्णु रावत , स्थानिय बुद्धिजीवी ,नमुना मा.बि. थबाङका विद्यार्थीहरु द्वारा पार्कको सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष ऋषिकेशव बुढा मगर सबिनले गाउँपालिका भित्र पर्ने ५ वटा वडाका सर्बजनिक स्थान हरुमा अनुकुल समय मिलाएर सम्पुर्ण जनप्रतिनिधि, समाजसेवी , विभिन्न क्षेत्रका सामाजिक ब्याक्तित्व हरुसङ्ग मासिक रूपमा श्रमदान अर्थात सामाजिक काम गर्ने बताउनु भएको छ भने सरसफाइ कार्यक्रम सहभागी हुनुहुने सम्पुर्णलाई धन्यवाद दिनुभएको छ ।

Facebook Comments