• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको मोबाईल फोन सेवा अवरुद्ध




कमिरेचौर ४ साउन । दाङको बंगलाचुली गाउँपालिकाको अधिकांश ठाउँमा नेपाल टेलिकमको मोबाईलफोन सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा यहाँका सयौँ नागरिक संचार सेवा पाउनबाट बन्चित भएका छन् ।

टेलिकमको टावरमा करिव एक हप्ता पहिले देखि समस्या आएको कारण टेलिफोन सेवा अनियमित भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ६ टोड्के लेकमा रहेको टावरले काम नगर्द टेलीफोन सेवा अवरुद्ध भएको हो ।

यस क्षेत्रमा वर्षौदेखि वर्षातको समयमा यो समस्या झेल्नुपरेको स्थानिय शुसिल परियारले बताउनु भयो । उहाँका अनुसार नेपाल टेलिकमले गुणस्तरिय सेवा नदिँदा स्थानियहरुलाई वर्षातको समयमा निकै समस्या हुने गरेको छ । यस ठाउँमा विद्युत अनियमित भईरहने र विद्युत जाँदा संगै मोबाईनमा नेटवर्क पनि जाने समस्या रहेको छ । साथै वर्षातको समयमा नेटवर्कको गति निकै कमजोर हुँदा समस्या आइरहेको स्थानियहरुको भनाइ रहेको छ ।

यस्तो समस्या उत्पन्न भएपछि बंगलाचुलीको अधिकांश ठाउँका नागरिक मोबाईलफोन सेवाबाट बञ्चित भएका छन् । बंगलाचुलीमा मोबाईल टावरमा वारम्बार समस्या उत्पन्न हुँदा पनि नेपाल टेलिकम कार्यालय वेखबर छ । मोबाईल फोन सेवा अनियमित भएको हप्ता दिन वितिसक्दा पनि टेलिकम कार्यालयले कुनै चासो नदिएको स्थानिय शुसिल परियारको भनाई छ ।

Facebook Comments