• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
इतिहासमा विलुप्त र ओइलिएका सपना फूलाउने माओवादी दायित्व





विश्वराज आचार्य
नेपाल सानो तर सुन्दर देश हो। पौराणिक किम्बदन्तिका आधारमा पनि नेपालखण्डलाई तपोभूमि अर्थात तपस्या गरेर ज्ञान आर्जन गर्ने भूमी को रुपमा व्याख्या गरेको पाइन्छ । नेपालको प्रकृति ज्ञान आर्जनको लागि उपयुक्त रहेको पुष्टि पौराणिककालका विभिन्न ग्रन्थहरुदेखि बुद्धको जीवन दर्शनसम्मले राम्रोसँग ब्याख्या गरेको पाइन्छ ।

अन्याय आत्याचारबिरुद्ध परिवर्तनको पक्षमा जनताले गरेको त्याग, बलिदान र समर्पण पनि त्यसैको निरनतरताको रुपमा लिन सकिन्छ। ज्ञानको खोजी र विकासमा नेपाली भूमि परिणाम दिनसक्ने स्तरको उर्भर रहेको छ।

मानव विकासको इतिहास हेर्दा भौतिक विकासमा पनि नेपाल संसारको हाराहारीमै देखिन्छ। राज्यको उत्पत्ति र विकासको प्रारम्भिक चरणको इतिहास नेपाल र नेपालीहरु गौरवान्वित हुने स्तरको छ। बस्तुको उत्पादन, कलाकृतिको सिर्जना र विकास, औजारको आबिष्कार र विकास हुँदै तात्कालीन औधोगिक र सहर विकास, राज्यसंचालन र सुशासनमा पनि हामी बिश्वकै हाराहारी मात्र हैन, कतिपय सन्दर्भमा गाडि थियौं।

राज्यहरुबीचको टकाराबले राज्य बिस्तारको बिश्वब्यापी अभियान चल्दै गर्दा यस क्षेत्रमा गोर्खा राज्यको बिस्तार गर्ने अभियान चल्यो। तत्कालिन बिश्वपरिबेश अनुसार राज्यको बिस्तारअनिबार्य नै थियो, जस्को साहसिक सुरुवात पृथ्वीनारायण शाहले गरे। साना साना राज्यसँगको लडाइँसँगै तत्कालीन बिश्व साम्राज्यबादी शक्तिसँग पनि लड्नु पर्ने अबस्था आयो। बिस्तार भएको राज्यलाई एकीकृत र सुदृढ गर्न नपाउदै सुदृढ साम्राज्यावादसँगको लडाइँ चुनौतिपूर्ण त थियो नै, त्यो चुनौती समाना गर्ने पूर्ण योजना बनाउने स्तरको नेतृत्व नेपालले पाउन सकेन ।

पहलकर्तापछिका नेतृत्वले न एकीकरणको अर्थ र मर्म बुझे न त सुदृढ राज्य निर्माणमा कुनै पहल गरे । बरु आपसी खिचातानी, षड्यन्त्र र काटमारले थप कमजोरहुँदै गए र मुलुकको सार्भभौमिकतालाई पनि जोखिममा पार्दै आए ।

दक्षिण एशियाबाट बेलायती साम्राज्यवादको बहिर्गमनसम्मको अवधि र घटनाक्रमलाई हेर्दा बिस्तारित राज्यको खोजी भन्दा बचेको भूगोलमा षड्यन्त्र, पर्व काण्ड जे जे गर्न सकिन्छ, त्यही गरेर आफ्नो सत्तास्वार्थको रक्षा गर्नमै त्यतिबेलाका शासकहरु सीमित रहे । दक्षिण एसियाका मुलुकहरुको निर्माण र सिमांकन हेर्दा नेपालका तत्कालीन शासकहरुको असक्षमता नै नेपाल सानो हुनुको मुख्य कारण देखिन्छ। देशको सिमा बिबादको कुशल समाधान दिन नसक्ने, स्वाधीन अर्थतन्त्र, स्वतन्त्र व्यापार नीति बनाउन नसक्ने वर्तमान राजनैतिक संस्कार (जुन सबैका लागि बाध्यकारी बन्दैछ) को मुख्य श्रोत नै त्यही थियो ।

ठूलाठूला राजनैतिक आन्दोलन र परिवर्तन हुदा पनि नेतृत्वमा गुणात्मक परिपर्तन नआउने, जनताको तागतमा भयको परिवर्तनलाई जनतासम्म पुग्न नदिने र जनताको नेतृत्व गरेकाहरु नै बिकृत हुदै कुर्सी र स्वार्थकै वरिपरि रम्ने कारण पनि यहि हो ।

नेपाललाई बिकसित बिश्वपरिबेशसँग सुहाउदो देश बनाउने सपना हामी नेपालीमा जाग्नुपर्दछ । अझ मुख्यतः नेता र उच्च पदस्थ कर्मचारीमा जाग्नु पर्दछ। राज्य सत्ताका प्रमुख निकायमाथिको प्रश्न दुराशयप्रेरित भयो भन्ने पनि हुन सक्छ तर आजको प्रमुख आबश्यकता तपाईंहरुभित्र एउटा सपना जाग्नुपर्छ नै हो ।

तपाईंहरुमा त्यो सपना अर्थात केही गर्ने इगो पैदा भयो भने आम नेपाली जनतामा स्वतः पैदा हुन्छ। गरिब बुवालाई ठांटबाटको जिल्के छोराले बुवा भन्न लजाएजस्तै तपाइले म नेपाली हु भन्न लजाउने कि नेपाललाई समृद्ध बनाउने इगो पाल्ने ? प्रधानमन्त्री, मन्त्री, सचिव, बिदेशमा गयर नेपालको परिचय दिदा, मानव बवकास सूचकांकको व्याख्या गर्दा लाज पक्कै मान्नु हुन्छ होला ? प्रतिव्यक्ति आयमा १४४औं स्थान र कुल गार्हस्थ आम्दानीमा १५८औं स्थान मेरो देश रहेको छ भन्दा तपाइहरुमा धनी बन्ने आकांक्षा जाग्छ होला कि नै ? त्यही भ्रमणबाट फर्कदा महंगामहंगा सामान परिवारलाइ सपिङ गर्दैगर्दा भित्र कतै मन चस्किन्छ होला कि नै ?

नेपाली दिदी बहिनीले मेहनतले बनाएको रक्सी खाडलमा खन्याउदै गरेको समाचार टिभिमा हेर्दै गर्दा बिदेशी महंगो लेबलवाला बोतल टेबलमा आउदा तपाईंलाई अलि नमज्जा लाग्छ होला कि नै ? इगो जगाउन धेरै यस्ता बिषय छन्, जहाँ तपाइले आफूलाइ राखेर हेर्न सक्नुहुने छ।

यत्तिले इगो जागेन भने मोबाइल मा फोन गरेर आफ्नो परिचय नदिकन नेपाली नेता र शासक बारे दशजना जनतासँग संवाद गर्नुहोस्, तपाइँप्रतिको जनताको धारणा आफ्नै कानले सुन्न पाउनुहुनेछ ।

कसैलाइ पनि बिश्वास गर्न नसक्ने, प्रशंसा मात्र सुन्न चाहाने, आफू र आफ्ना भाइ भारदार मात्र सक्षम देख्ने, म निर्बिकल्प हु र सार्बभौम हु भन्ने ठान्ने सोचको विकास हुने बस्तुगत आधार जहाँबाट पैदा भयो, त्यहीबाटै सुधार गरेर मात्र एतिहासिक नेपालको बिरासत कायम गर्दै बिकसित र समृद्ध नेपाल बनाउन सकिनेछ । बिग्रिएका धेरै दृष्टान्न्तहरु छन् ।

उदाहरण धेरै दिन सकिन्छ आफू नबिग्रेको पुष्टि गर्नलाइ तर बन्नलाई इच्छाशक्ति भए पुग्छ। देशलाई धनि बनाउने इच्छाशक्ति राज्य संचालकमा हुन आवश्यक छ । अरुलाइ आरोप लगार आफू उम्कने, चोखिने हैन, पूर्ण जबाफदेही भएर अगाडि बढने नेतृत्व आज नेपाललाई चाहिएको छ। राजनैतिक परिबर्तनलाई पूर्णतया संस्थागत गर्दै आधुनिक नेपाल निर्माणको प्रारम्भिक चारणबाटै टुटेको जनता र राज्यबीचको सम्बन्ध जोडने आट र साहासका साथ नेकपा माओवादी केन्द्र र अध्यक्ष क. प्रचण्ड अगाडि बढन आवश्यक छ।

भाषण र आसन हैन, जीवन ब्यबहारमा परिबर्तन खोजेका जनतालाई समाजबादी समाजको ब्यबहारिक अनुभूति गराउन सके मात्र जनतासँग राज्यको पबित्र सम्बन्ध कायम हुन सक्ने छ। यो या त्यो रुपको जनबिरोधी शासकको झन्डै दुइसय बर्षदेखिको शासन ब्यबस्था अन्त्य भएको जनतालाइ अनुभूति गराउन आजको मितिसम्म नसकेको तीतो सत्यलाइ आत्मसाथ गर्दै अध्यक्ष, पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रिय सदस्य र आठलाख सदस्य देशनिर्माणमा परिचालन हुने गरी योजना निर्माण गर्न आवश्यकछ । पबित्र अपेक्षा, चाहाना, सोचले यो दलाल पूँजीवाद ब्यबस्था परिबर्तन हुदैन, क्रान्तिकारी नेतृत्वको सचेत पहल र सकृयता सदैब आबश्यक छ ।
(लेखक नेकपा माओवादी केन्द्र दाङका सचिव हुनुहुन्छ)

Facebook Comments