• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर प्रदेश अस्पताललाई चार सय शैयाको बनाउने तयारी




लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चार सय शैया बनाउने प्रक्रिया अगाडी बढेको बताए । अस्पतालको आकस्मिक र बहिरंग सेवा शूल्क निःशुल्क गर्ने कार्यको उद्घाटन गर्दै उनले हाल ५० सैयाको दरबन्दीअनुसार मात्रै अस्पताल चलिरहेको भन्दै चारसय बनाउनका लागि गुरुयोजना तयार भइसकेको बताए ।

गुरुयोजनामा भौतिक संरचना निर्माण, दरबन्दी सिर्जना गर्नेलगायतका कार्यका लागि प्रक्रिया अगाडी बढिरहेको बताए । साथै अस्पतालमा अहिले जति जनशक्ति छ, त्यसलाई पूर्णरुपमा प्रयोग गर्न समेत मन्त्री चौधरीले निर्देशन दिए ।

अस्पतालको प्रसुती भवन समेत हस्तान्तरण भइसकेको भन्दै त्यसलाई थप ब्यवस्थित गर्न २ करोड बजेट बिनियोजन भएको समेत बताए । साथै उनले अस्पतालमा मुटुरोग, क्यान्सरलगायतका सेवाहरु विस्तारको योजना बनाएको समेत बताए । प्रादेशिक अस्पतालको सुधारका लागि अब मन्त्रालयले नै हस्तक्षेप गर्नुपर्ने अवस्था आएको समेत बताए ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपीडी (बहिरंग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शैया) मा शूल्क नलिने घोषणा गरेको थियो । सोही अनुसार आइतबारदेखि उक्त सेवा सुरु भएको हो । त्यसका लागि प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसअघि अस्पतालबाट इमरजेन्सीको शूल्क रु ५० र ओपीडीको शूल्क रु.२० लिने गरिएको थियो । यस्तै प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निशुल्क गर्न राप्ती प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सरकारले रगत निशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

यसअघि रक्तसञ्चार केन्द्रले एक युनिट रगतको आठ सय रुपैयाँ लिँदै आएको थियो । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको छ ।

Facebook Comments