• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओलीको अहंकार बाम आन्दोलन र मुलुकका लागि घातकः श्रेष्ठ




नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंताका कारण विगतमा समस्या आएको भन्दै अब पनि त्यो कायम रहेको बताउनुभएको छ । साथै उहाँले यसले देशको बामथी आन्दोलन र मुलुकलाई कुनै फाइदन नहुने पनि स्पष्ट गर्नुभएको छ ।
हिजो एक कार्यक्रममा भएको जवाफ सवालको प्रसंगमा सामाजिक सञ्जालमा लामो भनाइ राख्दै उहाँले यस्तो भन्नुभएको हो ।

‘हिजो नेचिफ्स भन्ने सँस्थाले ‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो’ बिषयमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा म पनि सहभागी भएको थिएँ । त्यहाँ मैले नेपालका बामपन्थी शक्तिहरुले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति प्रयत्नलाई नै निरन्तरता दिने हो भने बामपन्थी आन्दोलन नै धराशायी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त बन्ने खतरा बढाउने भएकाले बामपन्थी शक्तिहरु बीचको तालमेल, मोर्चा र एकताको आवश्यकता रहेको औंल्याएको थिएँ’– श्रेष्ठले भन्नुभएको छ– ‘त्यस क्रममा मैले सबै सम्बन्धित पाटी र नेताहरुलाई देश, जनता र बाम आन्दोलनलाई केन्द्रबिन्दुमा राख्दै बिनम्रतापूर्वक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिएँ ।’

त्यही कार्यक्रममा पछि बोल्दै नेकपा एमालेका अध्यक्ष के पी ओलीले को छ अरु बामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र बामपन्थी भएको खालको बिचार प्रकट गरेको उल्लेख गर्दै श्रेष्ठले भन्नुभएको छ– ‘ओलीले प्रम हुँदा संविधानको प्रावधान बिरुद्ध प्रतिनिधिसभा बिघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक बिश्वशनीयता ( क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको बिषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिब्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन । यसले अहं त तुष्टी गर्ला , तर देश , जनता र बामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्याउने छैन ।’

त्यसक्रमा आफूले आम नेता ,कार्यकर्ता र बुद्धिजीवीहरुलाई ‘आफ्नो पक्ष’ को अन्धतापूर्वक समर्थन र वकालत्त गर्ने वकिल जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौं र ठीकलाई ठीक बेठीकलाई बेठीक भन्ने साहास तथा सँस्कृति प्रदर्शन गरौं भन्ने अपील पनि गरेको उल्लेख गर्दै श्रेष्ठले भन्नुभएको छ– ‘मैले आत्मालोचक भई बाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन उपरोक्त अपील गर्दा समेत हलमा उपस्थित श्रोता सहभागी हरुले कर्तलध्वनिका साथ ताली बजाएर समर्थन गर्नु भएको थियो । तिनै श्रोता सहभागीहरुले ओलीले अहँकारको प्रदर्शन गर्दै बामएकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाउनुभयो । यसले बाम तालमेल र एकतालाई सहयोग पु(याँउछ त ? पुर्याउँदैन । हामी कहिले सच्चिने होला ? गंभीरतापूर्वक सोचौं ।’

उहाँले राजनीतिलाई ब्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज बाम तालमेल र एकता नै भएको र त्यसका निम्ति सम्बन्धित सबैले गंभीर अत्मालोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्ने बताउनुभयो । ‘बेलैमा बुद्धि पु¥याऔं, नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला समयमै सोचौं’– उहाँले भन्नुभएको छ ।

Facebook Comments