• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वसन्त ऋतुकाे समीक्षा




घोराही / राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८४अाैँ श्रृङ्खलामा गजलकार मनीषा गिरी ऋतुको वसन्त ऋतु गजलसङ्ग्रहकाे समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा गाेविन्द अाचार्यकाे प्रमुख आतिथ्यतामा भएको थियाे ।

राप्ती साहित्य परिषद् का केन्द्रीय अध्यक्ष टिकाराम उदासीले “वसन्त ऋतु” गजल सङ्ग्रहकाे समीक्षा गर्नु भएकाे थियाे भने साे गजल सङ्ग्रहका गजलकार मनीषा गिरी ऋतुले अाफ्ना धारणा राख्नु भएकाे थियाे ।

कार्यक्रममा परिषदका केन्द्रीय कोषाध्यक्ष डा खेमराज मल्ललाई बधाई एवम् सम्मान गरिएको छ । मल्लले गणित विषयमा बिद्यावारिधि गरेको भन्दै परिषद् जिल्ला शाखा दाङले दोसल्ला, खादा, अबिर लगाई बधाई तथा सम्मान प्रदान गरिएको हाे ।

कार्यक्रममा राप्ती साहित्य परिषद् का वरिष्ठ उपाध्यक्ष एवम् जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देवकोटा, पुर्व अध्यक्ष डा लाेकराज पराजुली, सल्लाहकार नगेन्द्र गुरु, लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपाने, साहित्यकारहरू डा हिमलाल पन्थी, धनसिङ गिरी, देवेन्द्र रिजाल, दामाेदर पाैडेल, गाेपाल भुषाल अभिलाषी, गुरूप्रसाद महरा, सन्ध्या रेग्मी, अाशा न्याैपाने, खेमराज गाँउले, संगीता उपाध्याय, तिर्थराज चाैधरी, बिक्रम वलि, मनाेज थापा सष्टाकाे अामा कमला गिरीलगायतकाे उपस्थिति रहेकाे थियोे ।

उक्त समीक्षा कार्यक्रममा वसन्त ऋतु गजलसङ्ग्रहकाे समीक्षा गर्ने अवसर प्रदान गरेकोमा परिषद् जिल्ला शाखा दाङले गजलकार मनीषा गिरी ऋतुलाई प्रशंसा-पत्र प्रदान गरिएकाे थियाे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सदस्य विना रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सञ्चालन परिषद् जिल्ला शाखा दाङका कोषाध्यक्ष यम रेग्मीले गर्नु भएकाे थियाे ।

Facebook Comments