• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रचण्ड दिल्लीमा, भाजपा विदेश विभाग प्रमुखद्वारा स्वागत




तीन दिने भ्रमणका लागि भारत पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुखले स्वागत गरेका छन् ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

स्वागतका लागि उक्त सन्दर्भमा भारतस्थित नेपाली राजदुत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो।

उनी आजै भारत गएका हुन् ।

दिल्ली भ्रमणमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरसहितका उच्च अधिकारीलाई भेट्ने बताइएको छ ।

Facebook Comments