• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विपतको सामना गर्ने गरी तयारी गर्न सबै पक्षलाई मुख्यमन्त्रीको निर्देशन




मानसिंह विश्वकर्मा/ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेश सरकार यस वर्ष हुने विपतलाई सामाना गर्ने गरी तयारी गर्न सबै निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले यस्तो कुरा प्रदेशस्तरीय विपत समितिको बैठकलाई सम्वोधन गर्ने क्रममा बताउनुभएको हो । उहाँले विपत कसैलाई भनेर नआउने भएकाले गर्दा सबैलाई सचेत भई कार्य गर्नका लागि निर्देशन दिनुभएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश भित्रका प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला अधिकारीहरुले रिपोटिङ गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी जिल्लाको बाढि, पहिरो, वर्षाको कारणले भएका क्षतिलाई न्यूनिकरण गर्न लागि रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशभित्रका आम नागरिकलाई सुरक्षित हुने गरी नै काम गरी जनताको जीवन रक्षाका लागि अगाडि बढ्न अनुरोध गर्नुभयो । बैठकमा लुम्बिनी प्रदेश भित्रका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको शान्ति, सुरक्षा र विपतको अवस्थाका बारेमा रिपोटिङ गर्नुभएको थियो ।

बैठकले मोतिपुर घटनाका मृतकलाई राहत उपलब्ध गराईएको, लक्ष्मी नगर र ज्योति नगरका क्षेत्रलाई व्यवस्थापनको लागि उपलब्ध गराएकोलाई अनुमोदन गरेको छ । यस्तै रोल्पा र गुल्मी क्षेत्रका पहिरो पीडितहलाई प्रदेश सरकारले उपलब्ध गराउने पर्ने ३० प्रतिशत रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

यस्तै विपतले सडक, पुल, पुलेसा, कृषि, उद्योग क्षेत्रमा भएका क्षतिका विषयमा सम्बन्धित मन्त्रालयले अगाडि बढाउने, विपतमा उद्धारका लागि नीजि क्षेत्रसँग समन्वय गरी हेलीको व्यवस्था गर्ने लगायतको निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्रीले जानकारी दिनुभयो ।

Facebook Comments