• ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संघीयता अनुकूल साँस्कृतिक नीति बनाउने मन्त्री श्रेष्ठको प्रतिवद्धता




संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

जनकपुरधाममा नेपाल विद्यापति पुरस्कार कोषले आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण कार्यक्रममा मन्त्री श्रेष्ठले सीमान्त समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न समयानुकुल साँस्कृतिक नीति छिट्टै तर्जुमा गरिने बताउनुभयो । भाषिक र सांस्कृतिक विविधता सहितको हाम्रो मुलुकले विविधताभित्र एकताको सन्देश दिनसक्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल विद्यापति पुरस्कार २०७८ बाट पाँच जना स्रष्टाहरुलाई पुरस्कृत गर्नुभयो । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट सुर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्ता पुरस्कृत हुनुभएको छ ।

चौधौं शताब्दीका प्रसिद्ध कवि विद्यापतिको नाममा नेकपा९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालको प्रधानमन्त्रित्वकालमा कोष स्थापना भइ मैथिली भाषाका स्रष्टाहरलाई सम्मान गर्न सुरु गरिएको थियो । यो कदम नेपालमा दोस्रो सवैभन्दा बढी बोलिने मैथिली भाषाप्रतिको सम्मान भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

विद्यापतिद्वारा रचित गीतहरु अहिले पनि मिथिलाबासीको जनजिब्रोमा झुण्डिएको छ भने बंगाल, उडिसा, असम र काठमाडौंका मन्दिरहरुमा भजनका रुपमा गुञ्जिदै आएको छ । विद्यापतिका गीतर रचनाहरु नेपाली अभिलेखालयमा सुरक्षित रहनु गौरवको बिषय भएको मन्त्री श्रेष्ठको भनाइ छ ।

Facebook Comments