• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा ‘भानुचोक’को नाम परिवर्तन नगर्न भानुभक्तका अनुयायीहरुको आग्रह




आदिकवि भानुभक्त आचार्यकाे २०९ औ भानु जयन्तीकाे अवसरमा घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ । जयन्तीकाे अवसरमा घाेराहीकाे मुख्य चाेक भानु चाेकमा एक कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे हाे ।

भानु चाेकमा आदिकवि भानुभक्त आचार्यकाे फाेटाे राखेर पुष्प अर्पण गरेर भानु जयन्ती मनाईएकाे हाे । किशाेरचन्द्र गाैतमकाे नेतृत्वमा दाङमा बुद्धिजीवी, साहित्यकार, प्रध्यापक, पत्रकार लगायतकाे उपस्थितिमा भानु जयन्ती मनाईएकाे हाे ।

त्यस अवसरमा पुरानाे भानु चाेककाे नाम परिवर्तन नगर्न सम्बन्धीत सबैलाई अनुराेध गरिएकाे थियाे । साथै भानु चाेक स्थापीत गर्नका लागी लागिपर्न टाेल विकास संस्थालाई अनुराेध गरिएकाे थियाे । त्यस अवसरमा भानु चाेक लेखीएकाे भानुभक्त आचार्यकाे फाेटाे टासिएकाे छ । घोराही उपमहानगरपालिकाले भानुचोकमा घोडा राखेर ‘घोराही चोक’ राख्न खोजेको भन्दै जनस्तरबाट बिरोध हुँदै आएको छ ।

Facebook Comments