• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी सांसदको प्रश्न– एम. अधिकारी को हुन् ?




नेकपा (एमाले) ले अर्थ तथा योजना विभागमा सदस्य बनाएका व्यक्ति को हुन् भन्ने प्रश्न संसदमा पुगेको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले एमालेको अर्थ विभागमा रहेका एम अधिकारी, खोटाङ भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् कि होइनन् भनेर प्रश्न गरेकी हुन्।

‘गर्भनरजस्तो व्यक्ति नियम कानुनविपरीत कुनै पनि दलको विभागिय सदस्यको रूपमा रहँदा देशको र सरकारको नीति पालना गर्नुहुन्छ कि प्रतिपक्षको पालना गर्नुहुन्छ’, सांसद शर्माले भनिन्, ‘अहिले अर्थतन्त्रमाथि नियोजित ढंगले प्रहार भइराखेको छ। अर्थतन्त्र बिग्रियो भनेर आरोप र प्रत्यारोपमा उत्रिएर कुनै व्यक्तिलाई अपराधी घोषणा गर्न खोज्दैछौं। यसले गम्भीर संकट ल्याएको छ।’

सांसद शर्माले राष्ट्र बैंक ऐन तथा नियमावलीको विषयमा गभर्नर र डेपुटी गभर्नर कुनै पनि दलमा आवद्ध व्यक्ति नियुक्ति हुन नमिल्ने व्यवस्था रहेको उल्लेख गरिन्।

‘जसरी नियुक्ति भयो त्यो कानुनविपरीत छ। महाप्रसाद अधिकारी जो गभर्नर हुनुहुन्छ। अर्थतन्त्र सम्हाल्नु पर्नेमा बिगार्दै हुनुहुन्छ’, शर्माले भनिन्, ‘यसमा गम्भीर ढंगले छानबिन गरियोस् र दोषीउपर प्रचलित ऐन मुताबिक कारबाही गर्नको निम्ति नेपाल सरकारले ध्यान देओस्।’

मा‌ओवादी केन्द्रकी अर्की सांसद अमृता थापाले पनि यो विषयको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

एमालेको अर्थ तथा योजना विभागको प्रमुख स्थायी कमिटी सदस्य घनश्याम भुसाल छन् भने सचिव योगेन्द्र बहादुर शाही छन्।

नेकपा एमालेले असार २६ गते जारी गरेको अन्तर पार्टी निर्देशन(अपानी)मा अधिकारीको नाम दोश्रो नम्बरमा छ। विभागमा प्रमुख र सचिव सहित ११ जना छन्।

Facebook Comments