• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फोहोरबाटै ग्याँस र मल उत्पादन गरी आर्थिक विकास र रोजगारी सिर्जना गरौँ– मन्त्री चौधरी




सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोरबाटै ग्याँस, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित फोहारमैला व्यवस्थापनमा क्रियाशील नेपालकै पहिलो कम्पनी भेन्चर वेष्ट टु इनर्जीको विज्ञ टोलीसँग दिउँसो सहरी मन्त्री मेटमणि चौधरीले फोहोरको दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।

फोहोर व्यवस्थापनमा गम्भीर देखिएका मन्त्री चौधरीले भने, ‘हामीले गफ धेरै ग¥यौँ । अब काम गरौँ । काठमाडौँको फोहोर मात्रै होइन देशैभरिको फोहोरलाई व्यवस्थित ढंगले व्यवस्थापन गरौँ । फोहोरबाटै ग्याँस, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्नेतिर ध्यान दिनतर्फ सोचौँ । मन्त्रालय फोहोरको स्थायी समाधान गर्न तयार छ ।’

भेन्चर वेष्ट टु इनर्जीले नेपालमा ५५ देखि ६५ प्रतिशत सम्म कुहिने फोहोर, २५ प्रतिशतसम्म रिसाइकल योग्य फोहोर र बाँकी काम नलाग्ने खालको फोहोर उत्पादन हुने बताएको थियो । काठमाडौँमा मात्र फोहोरबाट वर्षेनी ६८ लाख लिटर पेट्रोल विस्थापित गर्न सकिने अनुमान प्रक्षेपण गरेको छ भने दैनिक १५ टन मल उत्पादन हुन सकिने जनाएको छ ।

धरान उपमहानगरपालिकासँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिरहेको उक्त संस्थाले हालै दैनिक रुपमा फोहारमैलाबाट जैविक इन्धन उत्पादन गर्न सुरु गरेको छ ।

Facebook Comments