• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बागचौरका संस्थापक नगर प्रमुखद्वारा पत्रकार महासंघलाई आर्थिक सहयोग




सल्यान, २७ असार । बागचौर नगरपालिका सल्यानका संस्थापक नगर प्रमुख लोकमान बुढाथोकीले नेपाल पत्रकार महासंघ सल्यान शाखालाई राहत तथा अक्षय कोषका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।No description available.

२०७४ को स्थानीय निर्वाचनमा बिजयी भए लगत्तै आफुले पाउने सेवा बापत आउने रकम समाजसेवामा खर्च गरिने प्रतिवद्दता गर्नुभएको थियो । सोही अनुरुप उहाँले आफ्नो ५ बर्षे कार्यकालको अबधिमा प्राप्त तलब भत्ताबाट नेपाल पत्रकार महासंघ सल्यान शाखालाई २ लाख ८० हजार ८ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । यस अघि उहाँले नगरमा रहेको आईसोलेसन सेन्टरलाई कोरोना महामारीका समयमा भारी मात्रामा अक्सिजन सिलिन्डर तथा अन्य सामाग्रीहरु प्रदान गरिसक्नुभएको छ ।

उहाँले गत शुक्रबार बागचौर नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बिच महासंघका अध्यक्ष नवीन पौडेललाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणपछि द्विपक्षीय सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरिएको छ । महासंघको कार्यबिधी अनुसार उक्त रकम प्रयोग गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
संस्थापक नगर प्रमुख द्वारा प्रदाणित रकम पत्रकार राहत तथा अक्षय कोषमा राखिने भएको छ ।

प्रत्येक बर्ष उत्कृष्ट एक जना पत्रकारलाई उक्त रकमको ब्याजबाट पुरस्कृत गरिने नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेलले बताउनुभयो ।

Facebook Comments