• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आजको मौसम : यी प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको संभावना




अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। सोमवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती र कर्णालीका एक दुई स्थानमा भने भारी वर्षाको अनुमान गरिएको छ। ‘देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाको मौसम बुलेटिनमा भनिएको छ, ‘वाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।’

राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। ‘प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,’ मौसम बुलेटिनमा भनिएको छ।

 

Facebook Comments