• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी मन्दिर संरक्षण समितिको साधारणसभा




अम्बिकेश्वरी मन्दिर सरक्षण तथा सम्बर्धन समितिको बिशेष साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले विधान संशोधन गरेको छ भनेको आर्थिक नियमावली निर्माण समिति गठन गरेको छ । हरि पौडेलको संयोकजत्वमा पाँच सदस्यीय आर्थिक नियमावली निर्माण समिति गठन गरिएको छ ।

संशोधित विधानअनुसार घोराही वडा नम्बर १८ भरिका हिन्दू धर्मप्रति आस्थावानहरुलाई साधारण बन्न पाउने बाटो खुला गरिएको छ । आजीवन र मानार्थ सदस्य भने नेपालभरिकै नागरिकबाट बच्न पाउने ब्यवस्था गरिएको छ ।

संशोधित विधानमा मन्दिरको चढौती, भेटी र अन्य स्रोतबाट प्राप्त रकमलाई मन्दिरकै लेखा प्रणालीभित्र राखेर साधारणसभाबाट पारित कार्यक्रमअनुसार खर्च गर्ने व्यवस्था गरिएको छ । छ महिनाभित्र साधारण सदस्यता वितरण, लेखा परीक्षणलगायतका काम सकेर अधिवेशन गर्ने निर्णय पनि विशेष साधारणसभाबाट गरिएको छ ।

समितिका अध्यक्ष अध्यक्ष कुमुद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही १८ का अध्यक्ष भरतमणि अर्यालले पश्चिम नेपालको महत्वपूर्ण धार्मिकस्थल अम्बिकेश्वरीको संरक्षण, सम्बर्धन र प्रचारमा सबै लाग्नुपर्ने बताउनुभयो । अन्य वक्ताहरुले अम्बिकेश्वरी मन्दिर पश्चिम नेपालको चिनारी जतिसक्दो धेरै स्थानीयवासीलाई समेटेर मन्दिरप्रतिको स्थानीयवासीको अपनत्व स्थापित गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा वडा सदस्य किरण पोख्रेल, अम्बापुर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति अध्यक्ष बासुदेव रिजाल र सिस्ने अनलाइनका सम्पादक नरेन्द्र केसीले शुभकामना दिनुभएको थियो । उपाध्यक्ष शंकर गौतमको मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहसचिव लालचन्द्र बन्जाडेले प्रगति विवरण पेश गर्नुभएको थियो । कार्यक्रम सञ्चालन दामोदर भुसालले गर्नुभएको थियो ।

Facebook Comments