• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय उद्योग तथा व्यापार संघ दाङको अध्यक्षमा रिजाल




घोराही, २५ असार । राष्ट्रिय उद्योग तथा व्यापार संघ जिल्ला समिति दाङ गठन गरिको छ । स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकाश आजको आवश्यकता दलाल पुँजिबादी व्यवस्थाका विरुद्ध हाम्रो प्रतिवद्धता भन्ने मुल उद्धेश्यका साथ घोराहीमा भएको उद्योगी व्यापारीहरुको भेलाले विष्णुप्रसाद रिजालको अध्यक्षतामा नौँ सदस्यिय समिति गरेको हो ।

जसको उपाध्यक्षमा कृष्ण घिमिरे, सचिवमा श्रिधर पोख्रेल र कोषाध्यक्षमा लोकराज पोख्रेललाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा हरिपोख्रेल, राजेश्वर चौधरी र गोविन्द रोका रहनु भएको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासंघ लुम्बिनी प्रदेशका सदस्य कृष्ण घिमिरेको अध्यक्षमा भएको भेला सम्पन्न भएको थियो । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य निरज केसी, राष्ट्रिय उद्योग तथा व्यापार महासंघका केन्द्रिय सदस्य मधुसुदन बैद्यले संगठन विस्तार अभियानलाई शसक्त बनाउदै जिल्लाका सबै व्यापारिक केन्द्र र स्थानिय निकायमा संगठन विस्तार तथा निर्माण गर्ने काममा लाग्न जिल्ला समितिलाई सुझाव दिनुभयो ।।

Facebook Comments