• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा केही घर तथा पसल डुवानमा, ६ नम्बर वडा कार्यालय डुवानको जोखिममा




ओमप्रकाश गुप्ता
सिसहनियाँ २५ असार । दाङको राप्ती गाउँपालिकाको केही वडा डुवानमा परेका छन् ।
गएराती देखि परेको अविरल वर्षाले वडा नम्बर ६ पत्थरगढवा निवासी भोसु चाैधरी र बहादुर चाैधरीको कच्ची घर डुवानमा परेको छ । भने सोही ठाउँमा रहेको ६ नम्बर वडा कार्यालय डुवानको जोखिममा रहेको छ ।

चारै तिर बाढीले घेरेको छ । सानो नदीमा आएको बाढीले वडा कार्यालय डुवानको जोखिममा रहेको वडा अध्यक्ष दिपककुमार चाैधरीले जानकारी दिएका छन् ।

त्यस्तै वडा नम्बर ७ को मिलनचोक स्थित नवीन चाैधरीको किराना पसल र सोही ठाउँ निवासी श्याम सुवेदीको किराना पसलमा पानी पसेको छ ।

पसल नजिक रहेको नालामा आएको बाढीले पसल डुवाएको वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चाैधरीले जानकारी दिएका छन् ।

त्यस्तै गएराति देखि परेको अविरल वर्षाका कारण आएको बाढीले भर्खर लगाएको धानीबाली,मकै र तरकारीबाली समेत डुवानमा परेको छ । भने केही ठाउँमा सिचाईका लागि बनाएको संरचनामा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । क्षेतीको विवरण भने आउन बाँकी रहेको छ ।

दोलाई खोला र राप्ती नदीमा तटबन्धको काम भएपनि बाढीका कारण डुवान भने रोकिन सकेको छैन् ।

Facebook Comments