• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी–७ का सामुदायिक विद्यालयहरुमा हस्तलेखन सुधार तालिम सम्पन्न




होलेरी, २५ असार । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ भित्र संचालित सामुदायिक विद्यालयहरुमा एकहप्ते हस्तलेखन सुधार तालिम सम्पन्न भएको छ । होलेरी सामुदायिक सिकाई केन्द्रको आयोजानमा शुक्रबार महेन्द्र मावि होलेरीमा सो तालिम सम्पन्न भएको हो ।No description available.

सामुदायिक विद्यालयहरुमा अक्षर लेखनमा सुधान ल्याउनका लागि असार ५ गतेदेखि २४ गतेसम्म संचालन भएको हस्तलेखन सुधार तालिममा कक्षा ४ देखि १० कक्षासम्मका ७ समय ३३ जना विद्यार्थीहरु सहभागी भएका थिए ।No description available.

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष महेन्द्र रोकाको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाको उपाध्यक्ष सरिता केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष टेकलाल पुन, रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, पालिकाका शिक्षा शाखा प्रमुख अन्जु शर्मा, प्रास घनबहादुर डाँगी, महेन्द्र माविका विद्यालय व्यवस्थापनका अध्यक्ष गोविन्द पुन, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

केन्द्रका सदस्य रेशमबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण परिचालिका संजिना खड्काले गरेकी थिइन् ।

Facebook Comments