• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुन्छ : खेलकुदमन्त्री




काठमाण्डौं । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले बताउनुभएको छ । शुक्रबार काठमाण्डौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्रीअथकले तोकिएको मितिमै प्रतियोगिता संचालनहुने बताउनुभएको हो ।
कोभिडका कारण लामो समयदेखी रोकिएको प्रतियोगिता संचालन गरेर खेलकुद क्षेत्रमा देखीएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्रीअथकले भब्य रुपमा प्रतियोगिता संचालन हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।
“यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरि प्रतियोगिता संचालनगर्ने छौंै । उपयुक्त मौसमलाई छनोट गरि दशैँ सकेर प्रतियोगिता संचालनहुने छ । त्यसले खेलाडीलाई झनै खुशीदिनेछ”मन्त्रीअथकले भन्नुभयो, “मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।”
मन्त्री अथकले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभावहुने देखिएपनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताउनुभयो ।
गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी स्वरुप युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले शुक्रबार मुल आयोजक समितिको पहिलो बैठक बोलाउनुभएको हो ।
बैठकमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, सातवटै प्रदेश खेलकुद परिषदका सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधितथा ३ वटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागीता रहेको थियो । प्रतियोगितामा सातप्रदेश, तीनविभाग र एनआरएन समेत गरी ११ टिमले सहभागीता जनाउने छन् ।
बैठकले प्रतियोगितालाई भब्य रुपमा सम्पन्नगर्न विभिन्न निर्णयहरु पारीत गरेको छ । मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पेश गरेकाविभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो । जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामाप्रतियोगिता संचालनगर्ने, प्रतियोगिता संचालनतथाब्यवस्थापनकालागिकार्यकारी समिती गठन गर्ने,, १४ वटा उपसमिती गठन गर्ने लगाएतका निर्णयहरु रहेका छन ।

पहिलो बैठककामुख्यनिर्णयहरु ः
१) आगामी असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनगर्ने ।
२) प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने ।
३) प्रतियोगिताका लागि १४ वटा उपसमिती गठन गर्ने ।
४) प्रतियोगितामा७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।
५) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिष्प्रर्धा गराउने ।
६) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखीलागु हुने गरी मुख्य ट्रफि निर्माण गरीने । र उक्त ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने ।
७) लगातार तिन वटा प्रतियोगिता विजेतालाई ट्रफिप्रदान गरीने ।
८) प्रतियोगिताका लागि ६० करोड बजेट स्विकृत ।

Facebook Comments