• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरी बजारलाई सफा बनाउन सरसफाइ




प्रेम क्षेत्री
होलेरी, २४ असार । रोल्पाको रुन्टीगढी गाउँपालिकामा पर्ने सुन्दर नगरी होलेरी बजारमा सरसफाइ गरिएको छ । हरेक शुक्रबारे कार्यक्रम अन्तर्गत होलेरी बजार ब्यबस्थापन समितिको निर्णयमा होलेरीबासी व्यवसायी तथा समितिका अध्यक्ष होमबहादुर यरीको नेतृत्वमा उद्योगी, ब्यापारी सबैको सहभागितामा बजारमा सरसफाइ गरिएको हो ।

विभिन्न धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको र रोल्पाको दक्षिण क्षेत्रमा पर्ने यो ठाउँ पछिल्लो पटक पर्यटकीय क्षेत्रको नामले पनि निकै परिचित हुँदै आएको छ । यहाँको बास्तबिकता बुझ्नको लागि पनि एकचोटि नआई नहुने यो ठाउँ साच्चिकै सुन्दर बनाउनु पर्छ ताकी पर्यटकले यहाँबाट लिएर जाने सन्देश हाम्रो लागि गर्ब गर्न लायक होस, भन्ने यहाँका आम जनसमुदाको धारणा रहेको छ।

स्वर्गद्वारी महाप्रभुको जन्म स्थल रुन्टी, महा प्रभुको तपोभुमी गढीलेक, शिव पार्वती गुफा, भारत देखिने मुरुल्ले लेक, २०५२/फाल्गुन १ जनयुद्धको शुरूवाती पहिलो प्रहरी चौकी आक्रमण गरेको ठाउँ यसै बजारको आसपास परेको हुँदा यो बजारमा पहिलो पाइला सबैको सुखद हुनेमा बजार ब्यबस्थापन, व्यावसायिकहरुको निकै सकारात्मक सोच रहेको छ।

Facebook Comments