• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीमै बन्यो नेपालको तेस्रो लामो झोलुङ्गे पुल




ओमप्रकाश गुप्ता
भालुवाङ २४ असार । दाङको देउखुरीमा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरूरीया देखि गढवा गाउँपालिका १ बडहरा जोड्ने राप्ती नदीमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो ।
८ सय १८.१ मिटर लामो, २ सय ९५ मेट्रिक टन भार क्षमता र २ हजार १ सय १९ जना एकै पटक हिड्न सक्ने उक्त पुलको क्षमता रहेको छ । त्यस्तै ४ वटा टावर पिलर, १ वटा मेन एङकेरेज पिलर, मेन एङकेरेज ब्लक २ वटा, ९२ वटा पाइल र ४ वटा उङगेज ब्लक रहेको इन्जिनियर गोपाल बहादुर थापाले जानकारी दिएका छन् ।

नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय भाैतिक पुर्वधार विभागद्वारा ८ करोड ४७ लाख ९६ हजार ६ सय ७६ रूपैयाँ ८८ पैसाको लगानीमा
गलवा जगदम्बा थानी जेभी काठमाडौं ३२ पुतलीले सो झोलुङ्गे पुल निर्माण गरेको इन्जिनियर थापाले जानकारी दिएका छन् ।

पुलको डिजाइन सखुवा इन्जिनियरिङ कन्सन्टेन्सी प्रालिले गरेको हो । २०७७ असार २६ गते सम्झौता भएको पुल २०७९ असार २३ गते अर्थात २ वर्ष लगाएर सम्पन्न गरेको हो ।
यश अघि नेपालको पहिलो लामो झोलुङ्गे पुल महाकाली नदीमा बनेको चाँदनी दोधारा पुल रहेको छ भने दोस्रो लामो झोलुङ्गे पुल इलामको माइखोला पुल रहेको छ । राप्ती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि राप्ती वारि र पारिका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।

पुल निर्माण सँगै त्यहाँका स्थानीयहरू समेत खुसी भएका छन् । पुल नहुँदा जोखिम मोलेर राप्ती नदी पार गर्नुपर्ने बाध्यता रहेको राप्ती गाउँपालिका २ लालमटिया निवासी कल्पना पाण्डेले बताइन् । उनका अनुसार यो पुलले राप्ती पारिका स्थानीयलाई लालमटिया जान र वारीका स्थानीयलाई पर्यटकीय स्थल कुलपानी जान समेत सहज भएको छ । पुल नहुँदा नदी तरेर वारपार गर्दा ज्यान समेत जाने गरेको स्थानीयहरूको भनाई छ ।

पुल निर्माणले गढवा र राप्तीलाई समेत जोड्ने काम गरेको छ । पुल निर्माण सँगै विभिन्न स्थानबाट पुल अवलोकन, फोटो खिच्न तथा टिकटक बनाउन दिनहुँ जसो युवा जमातहरूको भिड लाग्ने गरेको छ । त्यहाँ घुम्न पुग्ने जो कोही पनि प्रफुल्लित हुने गरेका छन् ।

Facebook Comments