• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा वडा अध्यक्षको घरबाटै मोटरसाइकल चोरी




बिजय रोका
दाङ, २३ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेको घरबाट मोटरसाइकल चोरी भएको छ। उपमहानगरपालिका ११ स्थित बासगजेरी घर भएका अध्यक्ष लामिछानेका छोरा चढ्ने गरेको लु ८० प ३०३० नम्बरको रातो र कालो कलरको २२० मोटरसाइकल हिजो बुधबार राती घरबाटै चोरी भएको हो ।

त्यसैगरी सोही वडाको जितपुर गाउँमा पनि केही दिन अगाडि करिब ३०/ ३५ किलोको खसी पनि राती बाधिरहेको गोठभित्र देखिबाटै अज्ञात समुहद्वारा चोरी भएको थियो ।

घटना सेलाउन नपाउदै अध्यक्षकै घरदेखि मोटरसाइकल चोरी हुँदा सिंगो वडाबासी नै सुरक्षाको पहुँचदेखि पछाडि रहेको महसुस गर्न थालेका छन्।                                     घरमै रोकिराखेको मोटरसाइकल राती निकालेर सोही गाउँदेखि दक्षिणतिर धुधरास बासगजेरीको बाटोमा लिएर गएको आशंका लागेर सो एरियामा खोज्दै गरेका मोटरसाइकल चालक अध्यक्षका छोरा प्रबिन लामिछानेले कहि कतै देख्नु भएमा आफ्नो सम्पर्क नम्बर ९८०९७५१३९३ अथवा नजिक को प्रहरी चौकीमा खबर गरिदिनुहुनका लागि अनुरोध गरेका छन् ।

Facebook Comments