• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीका वन समूहलाई विधान तथा कार्ययोजना वितरण




होलेरी, २३ असार । डिभिजन वन कार्यालय रोल्पाले रुन्टीगढी गाउँपालिकाभित्र रहेका सामुदायिक वन समूहलाई विधान तथा कार्ययोजना वितरण वितरण गरेको छ । कार्यालयले बुधबार होलेरीमा बिकट स्थानहरूमा निजी वन तथा वन उपभोक्ता समूहहरूमा घुम्ती सेवा मार्फत सेवा प्रवाह भन्ने कार्यक्रमको आयोजना गरी सो कार्ययोजना वितरण गरेको हो ।

कार्यक्रममा विधान तथा कार्ययोजना वन समूहका पदाधिकारीलाई हस्तान्तरण गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले हिजोको दिनमा बिधान तथा कार्ययोजना लिन लिबाङ जानुपर्ने बाध्यता हटेको बताए । उनले बन तथा बाताबरण मानिसको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुनाले वन समूहहरुले वनको संरक्षण, ब्यबस्थापन र समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल प्रमुख मोहन प्रसाद पौडेलले बिकट गाउँमै गएर सेवा दिने सरकारको नीति अनुसार वन कार्यालयले वन उपभोक्ता समूहहरुमा घुम्ती सेवा मार्फत सेवा प्रवाह गरेको बताए । उनले बन समूहहरुको म्याद सकिएका कार्ययोजनाको नबिकरण तथा विधान परिमार्जनको स्वीकृत भइसकेको बताउदै अहिले बनेका कार्ययोजनाको म्याद १० वर्षसम्म हुने जानकारी दिए ।
सामुदायिक बनहरुले काम गर्दा कार्ययोजना तथा बिधानको अधारमा काम गर्नुपर्ने र समूहमा भएको रकम बैंकमा नराखी वन विकास, बिपन्न बर्गका लागि आयआर्जन तथा सामुदायिक विकास कार्यक्रममा कार्ययोजनामा तोके अनुरुप रकम छुट्याएर रचनात्मक ढंगले काम गर्नुपर्ने डिभिजनल प्रमुख पौडेलको भनाइ छ ।

 

डिभिजन बन कार्यालय रोल्पाका डिभिजनल प्रमुख मोहन प्रसाद पौडेलको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनको प्रखुम आतिथ्यमा भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष सरिता केसी, ईलाका प्रहरी कार्यालय होलेरीका इन्स्पेक्टर मधुसूदन विश्वाकर्मा, डिभिजन वन कार्यालय सहायक अधिकृत बाबुराम पोख्रेल, सब- डिभिजन वन कार्यालय होलेरीका प्रमुख गौतम ख्यालापाला तथा पालिकाभित्रका विभिन्न सामुदायिक वन समूहका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण सब- डिभिजन वन कार्यालय होलेरीका फोरेष्टर खुमबहादुर सार्कीले गरेका थिए ।

Facebook Comments