• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कपुरकोट गाउँपालिकामा युवाहरुको नमुना गाउँसभा




शंकर केसी
सल्यान, २२ असार । कपुरकोट गाउँपालिकाका १६ देखि २४ वर्ष सम्मका युवाहरुले नमुना युवा गाउँ सभाको अभ्यास गरेका छन् । बुधबार कपुरकोट गाउँपालिकाको सभाहलमा सम्पन्न नमुना गाउँसभामा नीति कार्यक्रम, बजेट तथा कार्यविधि पेश गर्ने, छलफल गर्ने र पारित गर्ने लगायतका विषयमा युवाहरुले अभ्यास गरेका हुन् ।No description available.

नमुना युवा गाउँसभा अभ्यासका लागि कपुरकोट गाउँपालिकाका ६ वटै वडाबाट छनौट भएर आएका युवाहरुलाई गत आइतबार देखि तालिम प्रदान गरिएको थियो । नमुना गाउँसभा अभ्यासमा गाउँसभाका सदस्यहरुको निर्वाचन विधिबाट हुने छनौट, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरुले खेल्ने भूमिका, नीति तथा कार्यक्रम प्रस्तुति, बजेट प्रस्तुति, योजनाहरु संकलन, छनौट, वडा समितिमा छलफल तथा पालिकामा पेश गर्ने, बजेटमाथिको दफादार छलफल, विषयगत समितिहरुबीच छलफल, बजेट पारितलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको प्रमुख प्रशिक्षक सुरेश कुमार रावतले जानकारि दिए ।

नमुना युवा गाउँसभामा गाउँसभाका अध्यक्ष खड्ग थापाले युवा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । यस्तै गाउँसभा उपाध्यक्ष भुमिका बुढाथोकीले बजेट वक्तव्य र गाउँसभा सदस्य धन कुमारी वस्नेतले स्थानीय युवा परिषद गठन सम्बन्धी कार्यविधि पेश गरेकि थिइन् । नीति, कार्यक्रम, बजेट र कार्यविधिमाथीको छलफलमा गाउँसभाका सदस्यहरुले आवश्यक सुझाव प्रस्तुत गर्दै सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

नमुनना अभ्यास पछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले यो अभ्यास गाउँपालिकाका युवाहरूका लागि निकै प्रभावकारी र सकारात्मक रहेको बताए । यस्तो खालको अभ्यासले युवाहरूमा राजनीतिक अभ्याससँगै नेतृत्व क्षमताको विकास हुने उनको भनाई थियो । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले देश विकासको मुल प्रवाहमा युवाहरूको भुमिका र उनिहरुलाई कृयाशिल र जिम्मेवार बनाउन यी र यस्ता खालका कार्यक्रमहरुको महत्व हुने बताए । प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले युवाहरुले अध्यास गरेको नमुना गाउँसभा उत्कृष्ट रहेको बताए । जिल्ला युवा समिति सल्यानका अध्यक्ष जनक विकले आगामी दिनमा नमुना गाउँसभाका लागि गाउँपालिकाले आवश्यक बजेट व्यवस्थापन गरि कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।No description available.

कपुरकोट गाउँपालिकाको आयोजना र जिल्ला युवा समिति सल्यानको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । युवालाई राजनीतिमा जिम्मेवार बनाउँदै समाज र राष्ट्रप्रति उत्तरदायी बनाउने, युवालाई देशप्रति जिम्मेवार बनाउने, युवाहरुमा असल चरित्र निर्माण गर्ने, समग्रमा युवाहरुमा नेतृत्वदायी क्षमताको विकास गराउने, भोलिको दिनमा जनप्रतिनिधि हुँदा काम गर्ने शैलि, नीति निर्माण तथा कानुनहरुको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । शिक्षा, युवा तथा खेलकुदा शाखा प्रमुख सरस्वती भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शंकर केसीले गरेका थिए ।

 

Facebook Comments