• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस चौतारीको कला संस्कृति तथा साहित्यिक पत्रकारिता विभाग प्रमुखको जिम्मेवारी प्रियासनलाई




घोराही । पत्रकारहरुको पहिलो संगठन प्रेस चौतारी नेपालको कला संस्कृति तथा साहित्यीक पत्रकारिता विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय उपाध्यक्ष सविन प्रियासनलाई दिइएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय सचिवालय वैठकले प्रियासनलाई यस्तो जिम्मेवारी दिएको हो । जसको उपप्रमुखमा शरोज कोइराला हुनुहुन्छ । चौतारीका केन्द्रीय अध्यक्ष गणेश गणेश बस्नेतको अध्यक्षता एवं नेकपा (एमाले)का उपमहासचिव तथा प्रेस चौतारी नेपालका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज बिष्णु रिजाल र प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टको विशोष उपस्थीतिमा वैठक बसेको थियो । वैठकले नीति, प्रतिष्ठान, अनुगमन तथा समन्वय विभागको प्रमुखमा गणेश पाण्डे, उपप्रमुख छेटु शेर्पा, प्रशिक्षण विभाग प्रमुखमा राजेश राई, उपप्रमुखमा अमरध्वज लामा, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा देविका घर्ती मगर, संगठन विभाग प्रमुखमा हिरामान लामा, माइन्यूट तथा अभिलेख विभाग प्रमुखमा शुरोजंग पाण्डे, संचार संस्था अनुगमन विभाग प्रमुखमा राजु सुवेदी, उपप्रमुखमा पबित्रा सुनार, आर्थिक विभाग प्रमुखमा इन्द्रप्रसाद आचार्य, उपप्रमुखमा सोमनाथ बास्तोला, कार्यक्रम विभाग प्रमुखमा हरिबल्लभ नेपाल, उपप्रमुख अनिष्मा बस्नेत, विदेश विभाग प्रमुखमा दीपक रिजाल, सूचना प्रविधि बिभाग प्रमुखमा प्रेम गुरागाईं, उपप्रमुखमा निरजराज जोशी, श्रव्यदृश्य समन्वय विभाग प्रमुखमा सुमन ढुंगाना, उपप्रमुखमा सम्झना भुजेल, सञ्चार संगठन समन्वय तथा अनुगमन विभाग प्रमुखमा भूपेन्द्र आचार्य, उपप्रमुखमा तारा चापागाइ, संवैधानिक न्यायिक तथा संसदीय मामिला विभाग प्रमुखमा सुमित्रा कोइराला, कार्यालय व्यवस्थापन विभाग प्रमुखमा नवराज कुँवर, उपप्रमुखमा शिबशक्ति आचार्य, महिला विभागमा प्रमुखमा जमुनाबर्षा शर्मा, उपप्रमुखमा शीमा शर्मा, जनसंगठन समन्वय विभाग प्रमुखमा सञ्चीता घिमिरे, उपप्रमुखमा मिनू पोखरेल, मिडिया अनुगमन विभाग प्रमुखमा माधव बराल, उपप्रमुखमा रुबी रौनियार, सामाजिक सञ्जाल अनुगमन विभाग प्रमुखमा बिमल नेपाल उपप्रमुखमा अनन्त अनुरागलाई जिम्मेवारी दिएको छ ।

Facebook Comments