• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खानेपानीको निर्वाचनमा डिसीको प्यानललाई जिताउन प्रजातान्त्रिक उद्यमी संघको अपील




घोराही, २१ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा देवीबहादुर डिसी (देवी वकिल) नेतृत्वको प्यानलले उपभोक्ताहरूमा प्रजातान्त्रिक उद्यमी संघले अपील गरेको छ ।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समन्वय समितिको गठबन्धनमा रहेको प्यानललाई बिजयी बनाउ प्रजातान्त्रिक उद्यमी संघको आज बसेको बैठकले सम्पूर्ण उपभोक्ताहरूलाई मतदानका लागि अपील गरेको हो । प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष मानु केसीको अध्यक्षता बसेको बैठकले सम्पूर्ण उपभोक्ताहरूलाई (देवी वकिल) नेतृत्वको प्यानललाई विजयी गराउन अपील गरिएका हुन् ।

यस्तो छ , विज्ञप्ति
यही मिति २०७९ साल असार २५ गते सम्पन्न हुन गइरेहको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा सहभागी हुन सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक अपील गर्दछौँ । २०५३ सालमा स्थापना भई घोराही क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्दै आएको संस्थाको आफ्नै गरिमा र महत्व रहेको छ । संस्थाको गरिमालाई जोगाइराख्न सबै उपभोक्ताहरुले निभाएको भूमिका अतुलनीय छ ।

यही असार २५ गते शनिबार सम्पन्न हुन गइरहेको आठौँ अधिवेशन तथा निर्वाचनमा गठबन्धनका तर्फका उम्मेदवार देबी बहादुर डिसी (देवी वकिल) नेतृत्वको प्यानललाई आफ्नो अमूल्य मत दिई विजयी गराउन हुन सम्पूर्ण उपभोक्ताहरुमा हार्दिक निवेदन गर्दछौँ ।

Facebook Comments