• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरभित्र थारू भाषामा पाठ्यक्रम समावेश गरिने




दाङ, २१ असार । घोराही उपमहानगरपालिका भित्र थारू समुदायको बाहुल्यता रहेका विद्यालयहरूमा थारू भाषा पाठ्यक्रम समावेश गरिने भएको छ । थारू भाषा अध्ययन गर्ने विद्यार्थीहरूका लागि ऐच्छिक रुपमा कक्षा एकबाट सुरु गरिने भएको हो ।No description available.

सोमबार घोराही उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख चौधरीले थारू भाषा संरक्षणको लागि पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

‘विभिन्न जातजतिहरूको आ–आफ्नो भाषा कला संस्कृति हुन्छन’ चौधरीले भन्नुभयो, ‘थारू भाषालाई जिल्लामा प्रशासनिक कामकाजको भाषा बनाएका छौँ । थारू समुदायको जनसंख्या बढी भएका ठाउँका विद्यालयहरूमा थारू भाषा ऐच्छिक विषयका रुपमा पठनपाठन हुने र भाषाको पनि संरक्षण गर्न सकिन्छ ।’

उक्त कार्यक्रममा बोल्दै घोराही उपमहानगर सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले जिल्लामा चौधरी समुदायको बाहुल्यता धेरै भएकाले भाषा संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उपमहानगरभित्रका वडा नं १ देखि १० नं वडामा चौधरी समुदायको बाहुल्यता छ । कार्यक्रमको सहजिकरण माधव चौधरीले गर्नुभएको थियो।

 

Facebook Comments