• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीले ८ हजार फलफूलका बिरुवा किसानलाई वितरण गर्‍यो




चेतमान बाँठा होलेरी/ रोल्पाको रुन्टीगढी गाउँपालिका कृषि शाखा कार्यालय होलेरीले किसानहरुलाई ८ हजार फलफूल बिरुवा वितरण गरेको छ । वर्षातको समय सुरु भएसंगै किसानहरुको माग अनुसार पालिकाले फलफूल बिरुवा वितरण गरिएको हो ।

व्यवसाय गर्ने उद्देश्यले किसानहरुले फलफूल बिरुवा माग गरेको कृषि शाखा कार्यालय होलेरीले बताएको छ । वितरण भएका बिरुवाहरुमा कागती ६ हजार, सुन्तला १८ सय , अनार १०० बोट , र लिची १०० बोट रहेका छन् ।

Facebook Comments