• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसिकोट १ र ५ का बिभिन्न पसलहरुको अनुगमन




रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका वडा नम्बर १ र ५ मा रहेका बिभिन्न होटेल तथा पसलहरुको अनुगमन गरिएको छ । मुसिकोट नगरपालिकाको आयोजनामा नगरपालिकाको वडा नम्बर १ र ५ को दोसाँधमा रहेको बागबजारका बिभिन्न होटेल तथा पसलहरुको अनुगमन गरिएको हो ।

बागबजारमा रहेका २२ वटा होटेल तथा किराना एबं मासु पसल र १२ वटा डेरी पसल तथा एग्रोभेटहरुको अनुगमन गरिएको छ । त्यसैगरि ३ वटा मेडिकलको अनुगमन गरिएको आयोजकले जनाएको छ । यहि असार १९ गते आईतबार बागबजारमा रहेका बिभिन्न होटेल तथा पसल, डेरी तथा एग्रोभेट र मेडिकलको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा कतिपय पसलहरु दर्ता भएपनि नबिकरण नगरेको, मुल्यसूची नराखेको र करचुक्ताको कागजात नभएको लगायतका कैफियत भेटिएको मुसिकोट नगरपालिका आर्थिक विकास शाखा प्रमुख चन्द्रा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलेको तुलनामा वजारमा केहि सुधार आए पनि व्यपारीहरुले निर्देशन नमान्ने गरेको पाईएको छ । पटक–पटक अनुगमन गर्दा पनि कैफियत दोहोरिएको उहाँले बताउनुभयो । त्यसैगरि होटल तथा खाजा घरहरुमा पनि खाना तथा खाजाको परिकारमा बिभिन्न अखाद्य रङ प्रयोग गरेको पाईएको छ । खाजालाई आर्कषक देखाउनलाई अखाद्य रङ प्रयोग गरेको पाईएको हो । त्यस्ता रङहरुले स्वास्थ्यमा असर गर्ने भन्दै प्रयोग नगर्न भनिएको स्वास्थ्य सेवा तथा सामाजिक विकास शाखाका जनस्वास्थ्य निरिक्षक बेदाराम ओलीले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुनको नेतृत्वमा गरिएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटा, आर्थिक विकास शाखा प्रमुख चन्द्रा खड्का लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments