• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिल्लास्तरीय रनिङशिल्डको भलिबलतर्फ ज्ञानसिन्धु प्रथम




१२ औँ दाङ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा भलिबलतर्फ ज्ञानसिन्धु मा.वि घोराही प्रथम भएको छ ।

दिनेशकुमार बाँठा मगर क्याप्टेन रहेको ज्ञानसिन्धुको टीम प्रथम भएको हो । यसअघि घोराही नगरस्तरीय रनिङ शिल्डमा पनि भलिबल छात्र छात्रा दुबैमा ज्ञानसिन्धु प्रथम भएको थियो ।

यसपटक प्रतियोगिताको ढिला जानकारी पाएकोले छात्रा सहभागी हुननसकेको विद्यालयका कार्यक्रम संयोजक तिलक अधिकारीले जानकारी दिनुभयो ।

भलिबलतर्फ बेस्ट प्लेयरको पदक पनि ज्ञानसिन्धुकै दिनेशकुमार बाठाले प्राप्त गर्नुभएको छ । त्यस्तै ज्ञानसिन्धुका मिलन जी.सी. दौडमा जिल्ला द्वितीय हुनुभएको छ ।

Facebook Comments