• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राहदानी विभागले भन्यो- जिल्लामा १५ दिनमै पासपोर्ट पुग्छ, काठमाडौं नआउनुस्




राहदानी विभागले काठमाडौ बाहिरका जिल्लामा १५ दिनभित्र राहदानी उपलब्ध गराउने सुनिश्चितता गरेकाले अत्यन्त जरुरी बाहेकका सेवाग्राहीले विभागमा निवेदन नगर्न आग्रह गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै राहदानी विभागमा राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको पनि जनाएको छ । साथै धेरै सेवाग्राहीहरुलाई सेवा दिने अभिप्रायले राहदानी विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

विभागले हाल दैनिकरूपमा ६५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको भन्दै बढी भन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिन तत्पर रहेको र सोहीअनुरुप अधिकतम समय कार्य गरी सेवा दिइरहेको जनाएको छ ।
‘जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेकोले काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ ।

राहदानी सेवालाई छिटो, छरितो र सरल तुल्याउन विभाग क्रियाशिल रहेको भन्दै शुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल १ हप्ताभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइएको दावी गरेको छ ।

Facebook Comments