• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी)द्वारा जनक शिक्षा सामग्रीका निर्देशक झालाई कालोमोसो




दाङ, १७ असार । विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) केन्द्रीय समितिले  जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ।
समितिले  प्रबन्ध निर्देशक झालाई सरकारी बिद्यालयहरुमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव र भ्रष्टाचारको आरोपमा कार्वाही गरेको जनाएको हो।

अखिल(क्रान्तिकारी)द्वारा कारवाही गरिएका जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा।

अखिल(क्रान्तिकारी) केन्द्रीय समितीले प्रबन्ध निर्देशक झा लाइ कार्वाही गर्नुको कारण सहितको पर्चा जारी गरेको छ।क्रान्तिकारीद्वारा जारी पर्चामा देशैभरी सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव गराएको,राजधानीमै पाठ्यपुस्तकको चरम अभाव गराएको,जनक शिक्षा समाग्री केन्द्रमा लामो समयदेखी चरम भ्रष्टाचार गरेको,कागज खरिदमा चरम अनियमितता गरेको,निजि दलाल शैक्षिक संस्थासंग मिलेर जनक शिक्षा समाग्री डुबाउने खेलमा लागेको र जनताका छोराछोरीको भविस्य माथी चरम खेलवाड गरेको उल्लेख गरिएको छ।

अखिल(क्रान्तिकारी)द्वारा प्रबन्ध निर्देशक झालाई कार्वाही किन?

Facebook Comments