• ६ आश्विन २०८०, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्थानीय राजश्वको दायरा र दर निर्माणका लागि अन्तरक्रिया कार्यक्रम




रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा स्थानीय राजश्वको दायरा र दर निर्माणका लागि बजार ब्यबसायी तथा उद्योगी ब्यापारी, बैंक तथा बित्तिय संस्था, नगर कार्यपालिकाका पदाधिकारी, शाखा प्रमुख एबं वडा सचिव र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।No description available. नगरपालिकाको आयोजनामा आर्थिक बर्ष २०७९।०८० को आर्थिक ऐन निर्माणका लागि मुसिकोट नगरपालिकाको राजश्वको दायरा र दरका बिषयमा बजार ब्यबसायी तथा उद्योगी ब्यापारी, बैंक तथा बित्तिय संस्था, नगर कार्यपालिकाका पदाधिकारी, शाखा प्रमुख एबं वडा सचिव र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । यहि असार १४ गते मंगलबारदेखि १७ गते शुक्रबारसम्म नगरपालिकाका बिभिन्न वडाहरुमा बिभिन्न पक्षसँग अन्तरक्रिया गरिएको नगरपालिका अन्तरगत राजश्व शाखा प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन असार १४ गते वडा नम्बर १ को वालमन्दिरमा र दोस्रो दिनमा असार १५ गते वडा नम्बर ४ को सोलाबाङमा नगर क्षेत्रभित्र रहेका होटेल ब्यबसायी, पसल ब्यबसायी, उद्योगी, ब्यापारी तथा बजार ब्यबसायीहरुसँग अन्तरक्रिया गरिएको थियो ।No description available. त्यसैगरि तेस्रो दिन असार १६ गते वडा नम्बर ५ को शहिद स्मृति हल सेरीगाउँमा नगर कार्यपालिकाका पदाधिकारी र शाखा प्रमुख एबं वडा सचिवहरुसँग अन्तरक्रिया गरिएको थियो भने चौथो दिन असार १७ गते शुक्रबार नगरपालिकाको सभाहल सेरीगाउँमा जिल्ला स्थीत सबै बैंक तथा बित्तिय संस्था र बिमा कम्पनीहरुसँग अन्तरक्रिया गरिएको छ ।No description available.

अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले करको दायरा बढाउनु पर्ने र दर घटाउनु पर्नेमा जोड दिएका छन् । त्यसैगरि बजार अनुगमनमा कडाइ हुनुपर्ने, एउटा पसल दर्ता गरि दुई वा दुई भन्दा बढि पसल सञ्चालन गर्ने प्रबृति बढकोले त्यस्ता पसलहरुलाई कार्बाहीको दायरामा ल्याउनु पर्ने, कर असुलीमा अझै झन्झटिलो प्रक्रिया रहेकोले कर असुली सहजै गर्न सक्ने वाताबरण सृजना गर्नुपर्ने लगायतका कुरा राखेका छन् । त्यसैगरि कार्यक्रममा सहभागिहरुले करदाताहरुसँग बेला बेलामा छलफल तथा अन्तरक्रिया गर्नुपर्ने, कर संकलन शिबिर सञ्चालन गर्नुपर्ने र नगरपालिकाबाट प्राप्त सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने लगायतका बिषयमा जोड दिएका छन् । राजश्व परामर्श समितिका संयोजक एबं नगरपालिकाका उपप्रमुख बिमल कुमार पुनको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको बिशेष उपस्थीति रहेको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, नगरपालिका अन्तरगत सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, बिषयगत शाखाका प्रमुखहरु, वडा सचिवहरु, बैंक तथा बित्तिय संस्थाका प्रमुख एबं प्रतिनीधिहरु, होटेल ब्यबसायी, पसल ब्यबसायी, उद्योगी, ब्यापारी एबं बजार ब्यबसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नगरपालिका राजश्व अनुमान समितिका सदस्य सचिव एबं राजश्व शाखा प्रमुख प्रेम बहादुर खड्काले गर्नु भएको थियो ।

Facebook Comments