• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चेतना र जागरण घरघरबाट जगाउनुपर्नेमा जोड





खडग शर्मा पौडेल

महर्षी वैदिक फाउन्डेसनको चेतनामा आधारित शिक्षाको प्रबर्धन कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा तथा अन्तराष्टिय ख्याती प्रप्त ब्यक्तीहरुको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी फाउन्डेसनका प्रमुख ब्यक्तीत्व राजा किंगस्ले चेतनामा आधिरीत बैदिक शिक्षा अहीलेको आवस्यक्ता रहेको वताउनुभयो । यस शिक्षाको लागी नेपल नै उर्वर भुमी रहेको उहँको भनाई छ ।

आफु अमेरिका भय पनी वेदको अध्ययन पछी साच्चिकै स्वर्ग वेद बाट नै पाउन सकिने अनुभुती भएको वताउनु भयो । यसै गरी अमेरीका नै वाट आउनु् भयकी अतिथी लेस्लीले चेतनामा आधारीत शिक्षाबाट नेपालीको छिटो प्रगती हुनसक्ने वताउनु भयो ।

नेपालीको सस्कार र संस्कृती संग सवैकुरा मेलखाने हुदा यसको ठुलो जागरण नेपाल बाट ल्याउन सकिने वताउनु भयो ।

हिन्दू विद्यापीठ नेपालका प्रमुख डा चिन्तामणी योगीले समाज रुपान्तरणको लागी घरघरमा जागरण आउनु पर्ने वताउनु भयो ।

दाङ धर्म र संस्कृतीको उर्वर भुमी भएको भन्दै उहाँले अव हरेक घर वाट जाग्नु पर्ने वेला आएको वताउनु भयो । घर र परिवारमा शुखसान्ती ल्याउन अव शवैले चेतनामा आधारीत शक्षाको शुरुवात गर्नु पर्ने वताउनु भयो ।

महर्षी वैदिक फाउन्डेसन नेपालका अध्यक्ष दिपक प्रकास वास्कोटाले समाज परिवर्तनका लागी यो शिक्षाको ज्वती फैलाउनु पर्ने वताउनु भयो । यसैगरी फाउन्डेसनका मिनराज अधिकारीले ध्यान हरेकले गर्नु पर्ने वताउनु भयो ।

ध्यान बाट नै मस्तीष्क पुर्णरुपले स्वस्थ राख्न सकिने उहाँको भनाई छ । हिन्द्रू विद्यापीठ नेपाल घोराहीका निर्देशक डा भोलानाथ योगीले हिन्दु विद्यापीठ नेपाल घोरहीका विद्यार्थी तथा शिक्षक शिक्षीकाहरुका लागी ध्यान कक्षा शरुवात भै सकेको जानकारी दिनु भयो ।

साथै वहाँले हिन्दू विद्यापीठमा यही शैक्षीक सत्र देखी कक्षा ११ मा आयुर्वेद र योग विषयको पढाइ शुरु गरिएको पनी जनाकारी दिनु भयो । कार्यक्रममा गोरखनाथ वैद्धीक गरुकुल चौघेराका वालवालीकाहरुले स्वस्तीक वाचन गरेका थिया ।

कार्यक्रममा हिन्दू विद्यापीठ नेपाल घोराहीका वालवालीले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिय । हिन्द्रू विद्यापीठ नेपाल घोराहीका निर्देशक डा भोलानाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत योग गुरु प्रेम शाहाले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यापीठका शिक्षक पिताम्वर रिजालले गर्नु भएको थियो ।

कार्यक्रम पतन्जली योग समिती, गोरखनाथ वैदिक गुरुकुल र हिन्दु बिद्यापिठ नेपालको सयुक्त आयोजनामा सम्म्पन्न भएको थियो ।

Facebook Comments