• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दादिङमा दुई दिने रेन्बोट्राउट माछापालन तालिम सम्पन्न




निराजन सिर्पाली
रुकुम, १६ असार । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङ मा २ दिने रेन्बोट्राउट माछापालन तालिम सम्पन्न भएको छ ।

सिस्ने बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिस्ने गाउँपालिका ४ दादिङ रुकुम पुर्व को आयोजनामा सुरु भएको तालिमको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यलय रुकुमकोट रुकुम पुर्व को आर्थिक र मत्स्या अनुसन्धान केन्द्र त्रिशूली नुवाकोटको प्राविधिक सहयोगमा यो तालिम को आयोजना गरेको सिस्ने बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिस्ने ४ दादिङ का सञ्चालक मदन पुन ले बताउनुभयो ।

१५ र १६ गते चलेको तालिममा झण्डै ३० जना प्रसिक्ष्यार्ति हरुको उपस्थिति रहेको थियो । तालिमको समाहपन कार्यक्रममा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यलय रुकुमकोट रुकुम पुर्व का कार्ललय अधिकृत पिताम्बर बस्नेत को प्रमुख र सिस्ने ४ का वडा अध्यक्ष दलराज घर्ती को बिशेश आतिथ्यता रहेकोमा ४ नम्बर वडा सदस्य बलवहादुर केसी , मत्स्या अनुसन्धान केन्द्र त्रिशूली नुवाकोटका प्रशिक्षक गणवहादुर गुरुङ , पशुचिकित्सक विजेता थापा , पशु प्राविधिक पुस्प प्रसाद सर्मा लगायत शिक्षक बुद्दिजिवि सबैको उपस्थिति रहेको थियोे ।

समाहपन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यलय रुकुमकोट रुकुम पुर्व का कार्यलय अधिकृत पिताम्बर बस्नेत ले सफल उध्यमि बन्न धेरै समय लाग्ने तर सफल भए आफुमात्रै नभई सहकारी समुह र गाउँ हुँदै आर्थिक विकास मा सरकारलाई पनि ठुलो टेवा पुग्ने बताउनुभएको छ ।
सथै उहाले कृषि तथा पशुपन्छि विकास का लागि रुकुम पुर्वमा बजेटको अभाव नभएको तर ब्यवसाय कृषि गर्नेहरु को अभाव भएको पनि बताउनुभएको छ ।

कार्यक्रममा २ दिन सम्म आफुहरुले जानेको कुरा प्रशिक्षार्थी टेकप्रसाद घर्ती र धनमाया बुढाले राख्नुभएको थियो भने समाहपन कार्यक्रमको सञ्चालन पशु प्राविधिक पुस्प प्रसाद शर्माले गर्नुभएको थियो ।

Facebook Comments