• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्मोदयको प्रांगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न




घोराही, १५ असार । दाङको जिल्लाकै पहिलो नमूना विद्यालय पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालयको प्रांगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा नेम दाङको सह–आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।No description available.
विद्यालयका बायोलोजी शिक्षक तथा विज्ञान संकाय प्रमुख गणेश दत्त भट्टको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।No description available.

विद्यालयका रसायनशास्त्रका शिक्षक दिपक दाहालले विद्यालयको बारेमा जानकारी दिँदै विज्ञान संकायमा विद्यालयको उत्कृष्टता भएको प्रष्ट पारे । उनले आफ्नो प्रिजेन्टेसनमा यसै विद्यालयबाट २०७८ सालमा कक्षा १२ का ७ जना विद्यार्थीहरुले मेडिकल इन्ट्रन्समा स्कलरसिप पाएको र इन्जिनेरीङको स्कलरसिपमा पाँच जना विद्यार्थी छनोट भएको जानकारी दिए । यो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय भएकाले विज्ञान संकायमा अझै उत्कृष्ट भएको समेत उनले जिकिर गरे ।No description available.

विद्यालयका सह–प्रधानाध्यापक लोकबहादुर बस्नेतले आफ्नो पावर पोइन्ट प्रिजेन्टेसन मार्फत गणित विषयलाई सजिलो बनाएर सिक्न र सिकाउन सकिन्छ भनि प्रष्ट पारे ।No description available.
दाङका ब्रिजकोर्षका विद्यार्थी, शिक्षकसहितले फलफूलका विरुवाहरु रापेको जानकारी प्राप्त भएको छ । कार्यक्रमको सहजीकरण विद्यालयका भौतिक शास्त्रका शिक्षक बासुदेव खत्रीले गरेका थिए ।

Facebook Comments