• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजधानी कार्यान्वयन राजनीतिक दलको सक्रियता




जगत खनाल/मसुरिया
लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गर्न राप्ती उपत्यकाका क्रियासिल राजनीतिक दलहरुले सक्रियता देखाएका छन ।

आज राप्ती गाउँपालाकोको कार्यालय मसुरियामा सर्बदलिय बैठक बसि विभिन्न निर्णय गरेका छन । नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटी अध्यक्ष श्यामेश चौधरीको अध्यक्षतामा बसेको बैठकले राजधानी कार्यान्वयन गर्न छिटोभन्दा छिटो सम्पूर्ण मन्त्रालय र प्रशासनिक कार्यालय स्थायी राजधानी राप्ती उपत्यकामा ल्याउन पहल गर्ने निर्णय गरेको छ ।

यस्तै ल्याडपुलिङको कार्यबिधी लाई असर नपर्ने गरी यथाशीघ्र बैंकिङ कारोबार हुने गरी जग्गा फुकुवा गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

बैठकले राजधानी सार्न सहजीकरण गर्ने भन्दै निवर्तमान गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा श्यामेश चौधरी, मदन अधिकारी लगायत सम्पूर्ण राजनीति पार्टीको प्रतिनिधित्व हुने गरी सहजीकरण समिती गठन गरेको छ ।

उक्त समितिलाई प्रदेश सरकारसँग वार्ता गर्ने र राजधानी छिटो राप्ती उपत्यकामा ल्याउन पहल गर्ने जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्रका गाउँ पार्टी अध्यक्ष श्यामेश चौधरीले जानकारी दिनुभयो ।

राजधानी घोषणा भएको लामो समयसम्म पनि जग्गा रोक्का रहेको कुनैपनी प्रदेशका काम यहाँबाट नभएको र जग्गा रोक्का हुदा यहाँका जनतालाइ आर्थिक कारोबार गर्न कठिन भएको गुनासो व्यापक रुपमा उठिरहेको छ । राजधानी कस्तो सहरको रुपमा बिकास गर्ने भन्ने लामो समयदेखि बहस भए पनि बल्ल गुरु योजना बनाएर प्रदेश सरकारले पास गरेता पनि डिपिआरको काम भने हुन सकेको छैन।

बिश्वको सुन्दर सहर बानाउने गरि काम अगाडि बढेकोले अझै १ २ वर्ष धैर्य गर्न यहाँका स्थानिय जनतालाइ प्रदेश पूर्वाधार विकास प्रधिकरणका प्रमुख प्रशासकीय अधिकृत छवि पोख्रेलले अनुरोध गर्नुभयो ।

‘हामी एउटा सुन्दर र बिश्वको नमूना सहर बनाउन लागिपरेका छौ र काम गरिरहेका छौ, केही समय लाग्ने भएकाले धैर्य गरेर प्रदेश सरकारलाई सहयोग गर्नुपर्छ’– उहाँले भन्नुभयो ।

उता राप्ती उद्योग बाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्काले भने जग्गा रोक्का हुदा व्यापारीक क्षेत्रमा ठूलो असर परेको भन्दै अझै जग्गा रोक्का हुनेहो भने व्यापारीसाथीहरू सडकमा आउने अवस्था हुने बताउनुभएको छ । जग्गा छिटो फुकुवा र बैंकिङ कारोबार खुल्ला गर्न माग पनि उहाँले गर्नुभयो ।

Facebook Comments