• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसद्वारा घोराहीमा सरसफाई तथा वृक्षारोपण




घोराही, १५ असार । घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसले सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसले आज राष्ट्रिय धान दिवसको अबसरमा घोराहीमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

अम्बिकेश्वरी क्याम्पस घोराहीका क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षता एवं घोराही उपमहानगरपालिका १४ वडा भानसिंह बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

आज असार १५ अर्थात राष्ट्रिय धान दिवसको अबसरमा क्याम्पसले स्वच्छ र सुन्दर वातावरण बनाउने उद्देश्यले क्याम्पसको प्रांगणदेखि लिएर झिंगौरा टोलमा सरसफाई गरि वृक्षारोपण गरेको हो ।

उक्त अब अबसरमा घोराहीको झिगौंरा टोल तथा स्वगद्वारी आश्रम लगायतका ठाउँमा सरसफाई गरिएको क्याम्पसले जनाएको छ । साथै स्वच्छ र सफा वातावरण बनाउन क्याम्पसका आसपासका ठाउँमा दालचुनी, शिरखण्ड, धुपी सल्ला,गोल्डमोर फूल, मसला,कल्की लगायत बिरुवाहरु रोपिएको जानकारी प्राप्त भएको छ ।
कार्यक्रमम क्याम्पसका प्राध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेकोे थियो ।
कार्यक्रमको सहजीकरण क्याम्पसका डाइरेक्टर बसन्त रिजालले गरेका थिए ।

Facebook Comments