• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनतासामु गरेका बाँचा पुरागर्ने प्रयासमा वडा अध्यक्ष सिर्पाली




स्थानीय तहको निर्वाचन ताका होस् या त निर्वाचनपछि बिजयी भई पद बहाली गर्दा होस् । धेरैजसो स्थानीय तहका जनप्रतिनीधिहरुले जनतासामु केहि न केहि नयाँ लोकप्रिय काम गरेर देखाउने बाँचा गरेका थिए । तिनै मध्येका एक हुनुहुन्छ रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरन सिर्पाली ।

सिर्पालीले आफुले वडा अध्यक्षको पद बहाली गर्दैगर्दा आफूले पाउने सेवा सुबिधाबाट सुत्केरी सहयोग र स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने बाँचा गर्नु भएको थियो । सुत्केरी सहयोग कार्यक्रम अन्तरगत आफ्नो वडाभरीमा सुत्केरी हुने महिलालाई सुत्केरी भएको १० दिनभित्र सुत्केरी स्याहार खर्च रु. ३ हजार उपलब्ध गराउने र स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत वडा भरीमा रहेका मृगौला पिडित, मुटु रोगी र क्यान्सर पिडितको निशुल्क बिमा गरिदिने ।

उक्त प्रतिबद्धता गर्नु भएका वडा अध्यक्ष सिर्पालीले आफूले पद बहाली गरेको १ महिनाभित्रै पहिलो बचन पुरा गर्न एक सुत्केरी महिलालाई सुत्केरी स्याहार खर्च रु. ३ हजार उपलब्ध गराउनु भएको छ । वडाको जमारु टोल निबासी बिष्णु ददेललाई सुत्केरी भएको आठौं दिनमा उहाँको घरमै पुगेर वडा अध्यक्ष सिर्पालीले नगद रु. ३ हजार उपलब्ध गराउनु भएको हो । वडा अध्यक्ष सिर्पालीद्धारा घोषित रकम रु. ३ हजार पाएपछि सुत्केरी महिला बिष्णु ददेलले उक्त सहयोगले आफु र बच्चाको स्याहारका लागि ठुलो राहात हुने भन्दै वडा अध्यक्षलाई धन्यवाद दिनु भएको छ ।

सुत्केरी महिला बिष्णु ददेलको घरपरिवार र स्थानीयबासीको अनौपचारिक छलफलमा वडा अध्यक्ष सिर्पालीले यो कार्यक्रम आफु पदमा रहदाँसम्म निरन्तर चलिराख्ने बताउनु भएको छ । कार्यक्रमले निरन्तरता पाएमा वडामा रहेका गरिब, बिपन्न र दलित परिवारमा रहेका सुत्केरी आमाहरुलाई थप खुसी छाउनुका साथै सहजता पैदा हुने स्थानीयबासीको भनाइ छ ।

Facebook Comments