• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थबाङ गाउँपालिकाको बजेट ४० करोड बढी




रोल्पा । थबाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ४० करोड ५९ लाख ३० हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । शुक्रबार सम्पन्न ११ औं गाउँसभामा सो बराबरको बजेट प्रस्तुत गरिएको थबाङ गाउँपालिका लेखा प्रमुख माधव केसीले बताए ।

कुल बजेट मध्ये चालुतर्फ १८ करोड ५८ लाख ९५ हजार अर्थात ४५.७९ प्रतिशत र पँजीगत तर्फ २२ करोड ३५ हजार अर्थात ५४.२१ प्रतिशत बजेट विनियोज गरिएको छ । बजेटको खर्च व्यर्होनुपर्ने स्रोतहरु मध्ये आन्तरिक राजस्वबाट ४० लाख, नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत ७ करोड २२ लाख, विशेष अनुदानबाट १ करोड ९० लाख, समपुरक अनुदान बापत १ करोड २५ लाख र सर्शत अनुदानबाट १७ करोड १६ लाख तथा राजस्व बाँडफाट ६ करोड ९३ लाख २२ हजार को बजेट प्रस्तुत गरिएको छ ।

के सीका अनुसार लुम्बिनी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत ३६ लाख ५८ हजार, राजस्व बाँडफाँट ३१ लाख ५० हजार, समपुरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान ६० लाख र सर्शत अनुदान तर्फ ९५ लाख बेर्होर्ने र चालु आर्थिक वर्षको खर्च हुन नसकेर बाकी रहेको २ करोड बचत रहेको छ ।

Facebook Comments