• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा २० युनिटसम्म विद्युत महशुल छुट दिने घोषणा स्थगित




चेतमान बाँठा होलेरी, १० असार । रोल्पाको रुन्टीगढी गाउँपालिकाले सबै घरधुरीलाई २० युनिट विद्युत महशुल तिरिदिने घोषणा स्थगित गरेको छ ।

रुन्टीगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जनक पुनले पदभार ग्रहण गरेकै दिन पालिका भित्रका सबै घरधुरीमा २० युनिट भन्दा तल आउने विद्युत शुल्क नि:शुल्क गर्ने भनितापनी अहिले स्थगित गरिएको हो ।

पहिला सबै ठाउँमा विद्युतको पहुँच पुराउ त्यसपछि २० युनिट सम्मको नि:शुल्क गराउ भन्ने कुरा गाउँकार्यपालिकाबाट उठेपछि यसलाई फिर्ता लिएको बताउदै अब कम्तीमा २ वा १ बर्षमा सबै ठाउँमा बिद्युत पुराउने पालिका अध्यक्ष जनक पुनले बताए ।
अध्यक्ष पुनले पदभार ग्रहण गरेकै दिन २० युनिट शुल्क पालिकाले तिरिदिने भनेपछि यो बिषय सामाजिक संजाल फेसबुकमा बिबादित भएको थियो ।

Facebook Comments