• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्राविधिक शिक्षामा निजी क्षेत्रको अहम भूमिका : जिसस प्रमुख शर्मा




घोराही, ९ असार । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका संयोजक नित्यानन्द शर्माले मुलुकमा प्राविधिक शिक्षाको क्षेत्रमा निजी क्षेत्रको अहम भूमिका रहेको बताएका छन् । राप्ती इन्जिनियरिङ कलेज घोराहीका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमका बोल्दै प्रमुख अतिथि समेत रहेका शर्माले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाई सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजी क्षेत्रलाई आग्रह गरे ।No description available.

‘हामीलाई विक्ने शिक्षा चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो, त्यस अर्थमा प्राविधिक शिक्षालाई अब गाउँबस्ती सम्मै लैजान आवश्यक छ’, अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि शर्माले भने । मुलुकभरी सरकारी तीनवटङ मात्रै प्राविधिक शिक्षालय भएको अवस्थामा करीव डेढ दशक अघिनै राप्ती इन्जिनियरीङ कलेजले प्राविधिक शिक्षाको आवश्यकताबोध गरेको भन्दै प्रमुख अतिथि शर्माले प्राविधिक शिक्षाका हरेक विधामा अब स्थानीय तहमै पठनपाठनको व्यवस्थापन हुनुपर्ने बताए । मुलुकलाई अहिले वडा तहदेखि मन्त्रालयसम्मै प्राविधिक नर्भ नहुने अवस्था रहेको स्मरणगर्दै उनले अब हरेक सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पठनपाठन सुरु गर्नका लागि आफुले सम्बन्धित क्षेत्रमा समन्वयकारी भुमिका निर्वाह गर्ने पनि प्रतिवद्धता जनाए ।No description available.

त्यस्तै राप्तीइन्जिनियरीङ कलेजका सञ्चालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशकडा शैलेन्द्र गिरीले आफुहरुले यहाँका निम्न तथा मध्यम वर्गिय समुदायका विद्यार्थिलाई प्राविधिक शिक्षा नै दिन सकिन्छ भन्ने मान्यताका साथ पन्ध्र बर्ष अघि देखेको प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हँुदै गरेको स्मरण गरे । साथै उनले अवलर्निङ कल्चरलाई बदलेर अनुसन्धानमा आधारीत शिक्षा पद्धतीको विकास गर्न आफुहरु प्रतिवद्ध रहेको बताए ।

‘हाम्रा उत्पादनहरु मुलुकभर फैलिइसकेका छन्, लुम्विनी प्रदेशमा कम्तिमा पनि ९० प्रतिशत प्राविधिक जनशक्ति हाम्रै उत्पादनले थेगेको जानकारी गराए । साथै अव शिक्षालाई सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफुहरु लागेको बताउंदै राप्ती इन्जिनियरीङबाट प्राविधिक शिक्षा लिएका विद्यार्र्थीहरुले यहाँका सामुदायिक विद्यालयहरुमा कम्तिमा एक साता निःशुल्क रुपमा अध्यापन गराउने पनि उनले उद्घोष गरे ।

कार्यक्रममा कलेजका निर्देशक मधुसुदन बैद्यले देश निर्माणमा राप्ती इन्जिनियरीङ कलेजका विद्यार्थीहरुको महत्वपुर्ण योगदान हुनुपर्ने भन्दै आफु दक्ष बन्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।No description available.
कार्यक्रममा राप्ती इन्जिनियरीङ कलेजले नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, उपप्रमुख चेतना चौधरी, जिल्ला समन्वय समितिका सदस्य जुनु कुमारी बुढामगर तथा कल्पना सेर्पाइलीलाई स्वागत एवं सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृृतिक प्रस्तुतीहरु देखाएका थिए । साथै अभिमुखिकरण कार्यक्रम पनि जारी रहेको छ । दुईदिन सम्मचल्ने अभिमुखिकरण्ङ तालिममा डङ. शैलेन्द्र गिरी, नारायण नेपाल, योग प्रशिक्षक रविन्द्र बस्नेत तथा इन्जिनियर प्रज्वल आचार्यले प्रतिक्षण दिने बताइएको छ ।

कलेजमा विसिए र विई सिभिल दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले विसिए र विइ सिभिल प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका थिए ।

कलेजका निर्देशक मधुसुदन बैद्यको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका संयोजक नित्यानन्द शर्मालेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विसिए प्रमुख विश्वबन्धु थापा, विइ सिभिलका प्रमुख बावुराम जोशी लगायतले नवआगन्तुक विद्यार्थिहरुलाई स्वागतगदेै शुभकामना मन्तव्य व्यक्त गरेको थिए ।

राप्ती इन्जिनियरीङ कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण्ङ कलेजका विसिएका गौरी चौधरी तथा विई सिभिलका शक्तिसिंह रोकाय गरेका थिए ।

Facebook Comments