• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी एकताको आह्वानसहित चार नेताले छाडे विप्लव नेकपा




ओमप्रकाश पुनसहित चार नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका छन्।

पूर्व पोलिटब्यूरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रका पुन, केन्द्रीय सल्लाहकार तथा सेती ब्यूरो इञ्चार्ज शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इञ्चार्ज दलबहादुर धामी र दार्चुला तथा कञ्चनपुरका पूर्वइन्चार्ज रमेश परियारले उक्त पार्टी छाडेका हुन्। पुन किसान र सुकुम्बासी संगठनको अध्यक्ष पनि हुनुहुन्छ ।

माओवादी धारालाई एकिकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्न पार्टी छाडेको राजीनामा पत्रमा उल्लेख छ ।
अहिले बदलिंदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

टुटफूट र विभाजन होइन, एकताबद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाधार हुन सबै इमान्दार क्रान्तिकारीहरुमा अपिल पनि गरिएको छ ।

Facebook Comments