• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुक्तकः खुशी नपुगेको एउटा वस्ती





गंगाराम बुढा
यो अभावको बस्ती हो, खुसी पुगेको छैन
दुनियाँ छट्पटीरहेछ ओखती पुगेको छैन

यो गाउँका युवाहरु को छैनन् र शिक्षित
फेरि कुन घरको युवा खाडी पुगेको छैन

सायद अचेल प्रेममा सकुशल छ बुझियो
अचेल पागल भएर उ भट्टी पुगेको छैन

जिन्दगीलाई समयले यसरी घुमायो फेरि
जिन्दगी समय भन्दा माथी पुगेको छैन।

यो त कांडाको दुनियाँ हो, बिझाउँछ सधै
यो दुनियाँ बगैंचा र फुलबारी पुगेको छैन।

हरेक दिन आउछन् अपराधीका मुद्दाहरु
तर जेलखाना सम्म अपराधी पुगेको छैन।

Facebook Comments