• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनप्रतिनिधिले कुटपिट गरेको भन्दै ७५ बर्षीया बृद्धाद्वारा प्रहरीमा जाहेरी




दाङमा एक जनप्रतिनिधिले ७५ बर्षीया बृद्धामाथि हातपात गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

घोराही उपमहानगरपालिका १८ कि सदस्य दीपा नेपालीले हातपात गरेको भन्दै ७५ बर्षीया बृद्धा रुकुमादेबी नेपालीले जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिनुभएको छ ।

वडा सदस्य नेपालीली कुटपिट गर्दा बायाँ हात नचल्ने अवस्थामा रहेको र लगाएको कपडा पनि च्यातिएको पीडित नेपालीले बताउनुभयो ।

एमालेबाट दलित महिला सदस्यमा निर्वाचित दीपालाई अघिल्लो कार्यकालमा आफूले मत दिए पनि गत कोरोनाकालमा राहत दिन विभेद गरेकाले यसपटक मत नदिएको भन्दै बृद्धा नेपालीले त्यही कारण आफूमाथि अन्याय गर्दै आएको र अहिले कुटपिट गरेको बताउनुभयो ।

Facebook Comments